सञ्जु विक्रमले गण्डकी प्रदेशबाट टाइगर कप खेल्ने, यस्तो छ गण्डकीको टोली

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०८१ मा प्रकाशित


सञ्जु विक्रमले गण्डकी प्रदेशबाट टाइगर कप खेल्ने, यस्तो छ गण्डकीको टोली

सञ्जु विक्रमले गण्डकी प्रदेशबाट टाइगर कप खेल्ने, यस्तो छ गण्डकीको टोली

पोखरा, ११ माघ/ एनसेल पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशी सहित १२ खेलाडीको घोषणा गरेको हो ।

टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो ।

यसपटक टाइगर कपमा सञ्जु विक्रम शाह गण्डकीको टोलीमा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए । पछिल्लो समय हेल्प नेपालबाट खेल्दै आएका उनी टाइगर कपमा गण्डकीमा फर्किएका हुन् ।

सञ्जुसँगै गण्डकीको टोलीमा हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीको टोलीबाट खेल्दैछन् । टोलीको प्रशिक्षक रमेश केसी छन् ।

शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टोली पोखरा आइरहेका छन् ।



Tags: