टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८१ मा प्रकाशित


टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता

पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा नेपाल पुसिलस क्लबलाई दोहोरो सफलता मिलेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले पुरुष तर्फ भारतको सुनिल भलिबल क्लबलाई हरायो । त्यसै गरी महिला तर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई नेपाल पुलिस क्लबले हराएको हो ।

महिला तर्फको अर्को खेलमा एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो । अन्तिम खेलमा गण्डकी भलिबल संघ र टिपपट हेल्प नेपाल बिचको खेल चौथो सेटमा पुगेपछि प्रकाशका कराण स्थगित भएको छ ।

पुरुष तर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता ग¥यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता गरेको छ । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।

महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । पहिलो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो ।

अर्को खेलमा सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।



Tags: ,