खेलकुद

पोखरामा हिसान गण्डकी फुटसल शुरु, डिफेन्डिङ च्याम्यिनको विजयी शुरुवात

पोखरामा हिसान गण्डकी फुटसल शुरु, डिफेन्डिङ च्याम्यिनको विजयी शुरुवात
पोखरा, १६ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले उद्घाटन गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथले विजयी शुरुवात गरेको छ । त्रिवेणीले ज्ञान सागर एकेडेमी हेम्जालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याण सेकेण्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ
पोखरा, १६ माघ /टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प… पुरा पढौ

टाइगर कप भलिबलः अपराजित रहँदै एपिएफ क्वालिफायरमा

टाइगर कप भलिबलः अपराजित रहँदै एपिएफ क्वालिफायरमा
पोखरा, १६ माघ/ सशस्त्र प्रहरी बल एपिएफ क्लब टोली एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पहिलो क्वालिफायरमा पुनः एपिएफ र… पुरा पढौ

टाइगर कप भलिबलः पाहुना टोली ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

टाइगर कप भलिबलः पाहुना टोली ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित
पोखरा, १६ माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निक९ाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो । पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसल कास्की छनौटको टाइसिट सार्वजनीक, उद्घाटनमा मदरल्याण्ड र सृजना भिड्ने

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता
पोखरा, १५ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलको खेलतालिका सार्वजनीक भएको छ । बुधबार देखी हुने प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड मावि र सृजना मावि खेल्ने भएका छन् । ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने छन् । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित
पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट… पुरा पढौ

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश
पोखरा/ त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने… पुरा पढौ

टाइगर कप भलिबलः मंगलबार लिग चरणका ४ खेल हुने

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता
पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपाल बिचको खेल स्थगित

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबिचको खेल स्थगित
पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो । ‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने… पुरा पढौ

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता
पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा नेपाल पुसिलस क्लबलाई दोहोरो सफलता मिलेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले पुरुष तर्फ भारतको सुनिल भलिबल क्लबलाई हरायो । त्यसै गरी महिला तर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई नेपाल पुलिस क्लबले हराएको हो । महिला तर्फको अर्को खेलमा एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो । अन्तिम खेलमा गण्डकी भलिबल संघ र टिपपट हेल्प नेपाल बिचको खेल चौथो सेटमा पुगेपछि प्रकाशका कराण स्थगित भएको छ । पुरुष… पुरा पढौ