खेलकुद

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा
पोखरा, २५ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पाहुना टोली थन्डरबोल्टस् नर्थ युनाइटेड सिक्किमको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ गोलले हरायो । खेलको १७ औं मिनेटम गोल गर्दै संकटाले अग्रता लिएको थियो । संकटाका लागि मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गोल गरे । संकटाको खुसी लामो समय टिकेन । खेलको ३४ औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।… पुरा पढौ

तनहुँको म्याग्दे गाउँ पालिकाले गण्डकी प्रदेश पालिका अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता गर्दै

तनहुँको म्याग्दे गाउँ पालिकाले गण्डकी प्रदेश पालिका अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता गर्दै
पोखरा, २५ माघ/ तनहुँको म्याग्दे गाउँ पालिकाले म्याग्दे गाउँपालिका अध्यक्ष कप हुने भएको छ । अध्यक्ष कपमा गण्डकी प्रदेश पालिका स्तरीय फुटबल प्रतियोगिता, जिल्ला स्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका बडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको म्याग्दे गाउँपालिका तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने… पुरा पढौ

कास्की क्रिकेट लिगः सांग्रिला र कास्की विजयी

कास्की क्रिकेट लिगः सांग्रिला र कास्की विजयी
पोखरा, २४ माघ/ सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमश अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सांग्रिलाले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो । विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो विकेटको रुपमा रिकेश… पुरा पढौ

सडनडेथ एनआरटीलाई हराउँदै चर्चब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

सडनडेथ एनआरटीलाई हराउँदै चर्चब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
पोखरा, २४ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६–५ ले एनआरटीलाई हरायो । निर्धारित र थप समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच बने… पुरा पढौ

एपीएफलाई हराउँदै मछिन्द्र आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

एपीएफलाई हराउँदै मछिन्द्र आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
पोखरा, २३ माघ/ पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रले एपीएफलाई २–० को गोलले हरायो । मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १÷१ गोलको योगदान दिए । खेलको ७४ औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले आयुष घलानले मैदानको सेन्टरबाट दिएको पासलाई उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे । त्यस्तै, खेलको ८१ औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले व्यक्तिगत पहिलो र… पुरा पढौ

कास्की जिल्ला टी—२० क्रिकेट लिगः साग्रिला र कास्की क्रिकेट विजयी

कास्की जिल्ला टी—२० क्रिकेट लिगः साग्रिला र कास्की क्रिकेट विजयी
पोखरा, २३ माघ/ कास्की क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । १० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १०५ रनको शतकीय पारी खेले । तर उनको शतक हारले ओझेलमा पार्यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । अन्य व्याटरको योगदान खासै राम्रो रहेन् । नितेश… पुरा पढौ

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात
पोखरा, २२ माघ/ पोखरामा सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको प्रतियोगिता शुरु भएको छ । आयोजक सहारा क्लबलाई उदघाटन खेलमा निराश बताउदै नेपाल पुलिस क्लबले १–० गोलले हरायो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसले गोल गरेको हो । नेपाल पुलिस क्लबले ३७ औं मिनेटमा पाएको कर्नरलाई उज्वल राईले प्रहार गर्दै गोल गरे । उनको प्रहार सिधै सेकेण्ड बारमा जाली चुम्यो । उनको त्यो नै प्रतियोगिताको पहिलो र निर्णायक गोल बन्यो । उनी खेलको… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन
पोखरा, २२ माघ / ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तिन वटा उमेर समूहमा ९४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि० भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ । फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो । उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त… पुरा पढौ

सहारा क्लबद्वारा सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

सनिष श्रेष्ठ
पोखरा, २१ माघ/ सहारा क्लब पोखराद्वारा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठले पाएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । पुरस्कार राशि नगद ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत… पुरा पढौ

सोमबारदेखि कास्की क्लबस्तरीय टी—२० क्रिकेट लिग

कास्की क्रिकेट
पोखरा, २० माघ/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सोमबारदेखि कास्की क्लवस्रतीय टी—२० लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा कास्कीमा आवद्ध ९ मध्ये ८ वटाक्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । क्रिकेट मैदान पूर्णरुपमा तयारी गरिएको छ । प्रतियोगिताको उदघाटन खेल बिहान ८ बजे साविक च्याम्पियन राईजिङ पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । त्यसैगरी दोस्रो खेल माछापुच्छ«े क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबसँग खेल्ने खेल… पुरा पढौ