तनहुँको म्याग्दे गाउँ पालिकाले गण्डकी प्रदेश पालिका अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता गर्दै

-


     क्लिक गण्डकी     
     माघ २५ गते २०८१ मा प्रकाशित


तनहुँको म्याग्दे गाउँ पालिकाले गण्डकी प्रदेश पालिका अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता गर्दै

तनहुँको म्याग्दे गाउँ पालिकाले गण्डकी प्रदेश पालिका अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता गर्दै

पोखरा, २५ माघ/ तनहुँको म्याग्दे गाउँ पालिकाले म्याग्दे गाउँपालिका अध्यक्ष कप हुने भएको छ । अध्यक्ष कपमा गण्डकी प्रदेश पालिका स्तरीय फुटबल प्रतियोगिता, जिल्ला स्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका बडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको म्याग्दे गाउँपालिका तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गर्न लागिएको श्रेष्ठको भनाई छ ।

प्रतियोगिता फागुन १३ देखी २२ सम्म हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, द्वितीय हुने टिमलाई १ लाख ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र सेमीफाइनल पुग्ने २ टिमलाई १५/१५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेनार, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रतिक्षकलाई जनही पाँचहजार नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए ।

जिल्लास्तरीय सी सेभल व्याडमिन्टन प्रतियोगिता म्याग्दे गाउँपालिका–४ स्थित थर्पु व्याडमिन्टन क्लबको कवर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्दे गाउँपालिका बडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ८० हजार दोस्रो हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि २० लाख खर्च लाग्ने पालिकाले अनुमान छ ।