आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

-


     क्लिक गण्डकी     
     माघ २५ गते २०८१ मा प्रकाशित


आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

पोखरा, २५ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पाहुना टोली थन्डरबोल्टस् नर्थ युनाइटेड सिक्किमको क्वाटरफाइनल प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ गोलले हरायो । खेलको १७ औं मिनेटम गोल गर्दै संकटाले अग्रता लिएको थियो । संकटाका लागि मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गोल गरे । संकटाको खुसी लामो समय टिकेन ।

खेलको ३४ औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न आएको थन्डरले ७७ औं मिनेटमा थन्डरका करन राईले व्यक्तिगत एक गोल गर्दै खेललाई २–१ को सहज स्थितिमा ल्याए । उनले आन्द्रेको क्रशमा बक्सबाट गोल गरेका हुन् ।

थन्डरका आदर्श तामाङले खेलको ८४ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थन्डरबोल्टलाई ३–१ को अग्रता दिलाए ।

थन्डरले माघ २९ गते ब्याक बुल्स फुटबल क्लब उक्जुबेकिस्तान सगँ खेल्ने छ । शनिबार खेल नेपाल पुलिस क्लब र ब्रिगेट व्याइज क्लब युके बिच हुनेछ ।

aaha rara pokhara gold cup 24th
aaha rara pokhara gold cup 24th



Tags: