खेलकुद

आहा रारा पोखरा गोल्डकपको २४ औं उपाधिका रेसमा नेपाल पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स

आहा रारा पोखरा गोल्डकपको २४ औं उपाधिका रेसमा नेपाल पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स
पोखरा, २ फागुन/ नेपालको नियमीत हुने प्रतियोगिताका रुपमा चिनिएको आहा रारा पोखरा गोल्डकपको २४ औ संस्करणको फाइलनमा विदेशी र स्वदेशी टिम उपाधिका लागि भिड्दै छन् । उनीहरु दुबैले प्रतियोगितामा उपाधि जित्ने दावी गरेका छन् । उपाधि कसको पोल्टामा जाने हो भन्ने शनिबार पोखरा रंगशालामा हुने फाइनल खेलले बताउने छ । आहा रारा पोखरा गोल्डकको २४ औ संस्करणको उपाधि होडमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स छन् । नेपाल पुलिस क्लब ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी
पोखरा, २ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो… पुरा पढौ

थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा रारा पोखरा गोल्डकपको फाइनलमा

थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, १ फागुन/ पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपमा पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा प्रबेश गरेको छ । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लबलाई ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले ४–० गोलअन्तरले हराएउदै फाइनल प्रबेश गरेको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे । खेलको २४ औं मिनेटमा कुभोनचेक ओलिमोभ, ६३ औ मिनेटमा सात्तोरोभ, ५८ औं मिनेट असिलबेकल र सइदजमोलले ८७ औ मिनेट गोल गरेका थिए । ब्ल्याक बुल्सले अब उपाधिका लागि… पुरा पढौ

पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, ३० माघ/ नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल तथा प्रतियोगिता कै २५० औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसका लागि सन्जिव लामाले निर्णायक गोल गर्दै ११ औं पटक आहा राराको फाइनल प्रबेश गरेको छ । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा लिएर भलि प्रहार गर्दा जाली चुमेको हो । उनले… पुरा पढौ

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन, विकास परियार बने सर्वाेत्कृष्ट

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन विकास परियार बने सर्वाेत्कृष्ट
पोखरा, २९ माघ / पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो । च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा… पुरा पढौ

ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान आहा राराको सेमिफाइनलमा

ब्ल्याक बुल्स आहा राराको सेमिफाइनलमा
पोखरा, २९ माघ/ पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थलाई ३–० गोल अन्तरले हरायो । ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन, सयदज्मोल र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । खेलको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो । टिमका लागि पहिलो गोल इस्लोम्जनले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट… पुरा पढौ

बिटी कप- उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने

बिटी कपस् उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने
पोखरा, २९ माघ/ पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् । उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल… पुरा पढौ

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

कास्की क्रिकेट
पोखरा, २९ माघ/ माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास… पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
पोखरा, २८ माघ/ सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लबका अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् । यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि… पुरा पढौ

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २८ माघ/ साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९ औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हेड मार्फत गोल गरे । आर्मीका गोल रक्षक आविष्कार खड्काले बललाई रोक्न सकेनन् । योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको… पुरा पढौ