खेलकुद

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

कास्की क्रिकेट
पोखरा, २९ माघ/ माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास… पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
पोखरा, २८ माघ/ सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लबका अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् । यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि… पुरा पढौ

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २८ माघ/ साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९ औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हेड मार्फत गोल गरे । आर्मीका गोल रक्षक आविष्कार खड्काले बललाई रोक्न सकेनन् । योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिला विजयी

कास्की क्रिकेट
पोखरा, २८ माघ/ पोखरा क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई १११ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सुवास भण्डारीको अविजित ७३ बनाएपछि ५ विकेटको क्षतिमा १८५ रनको विशाल योगफल तयार पार्यो । उत्कृष्ट व्याटिङलाई दोहोर्याएका सुवासले चौथो नम्बरमा आउँदै अविजित खेले । ४३ बल खेल्दै उनले ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ४२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६४… पुरा पढौ

बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने

बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने
पोखरा, २८ माघ/ पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी… पुरा पढौ

मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार आहा राराको सेमिफाइनलमा

मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार आहा राराको सेमिफाइनलमा
पोखरा, २७ माघ/ पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपमा पाचँ पटक उपाधि बिजेता थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा ४–२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो । निर्धारित र थप समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा थ्रीस्टारले बाजी मा¥यो । वैकल्पिक गोलकिपर सरिन जिसीको एक पेनाल्टी बचाएपछि थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी

कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी
पोखरा, २७ माघ/ पोखरा क्रिकेट क्लबले पहिलो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धा अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले एक विकेटको क्षतिमा पुरा गर्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान तीन तीन विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित… पुरा पढौ

नेपाल पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २६ माघ/ पाउहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई हराउदै नेपाल पुलिस क्लब २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले पराजित गरेको हो । हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ । खेलको २७ औ मिनेटमा विवेक पाण्डेले कर्नरबाट सिधै गोल गरे । उनले हानेको कर्नर सेकेण्ड बारमा लाग्दै गोल भएको हो । यसअघि पहिलो खेलमा पनि सहारा विरुद्ध… पुरा पढौ

राईजिङ र लेकसाईड विजयी

राईजिङ र लेकसाईड विजयी
पोखरा, २५ माघ/ लेकसाईड क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ६५ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिगमा पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लबलाई ४७ रनमा समेट्दै लेकसाईडले पहिलो जित दर्ता गर्यो । टस जितेर व्याटिङ रोजेको लेकसाईडले निर्धारित २० ओभरमा ११२ रन बनायो । ओपनर सन्तोष जोशी गोल्डेन डकआउट भए । अर्का ओपनर केशव सुनारले २० रन बनाए । पाँचौ नम्बरमा आएका नविन खनालले २९ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास… पुरा पढौ

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा
पोखरा, २५ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पाहुना टोली थन्डरबोल्टस् नर्थ युनाइटेड सिक्किमको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ गोलले हरायो । खेलको १७ औं मिनेटम गोल गर्दै संकटाले अग्रता लिएको थियो । संकटाका लागि मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गोल गरे । संकटाको खुसी लामो समय टिकेन । खेलको ३४ औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।… पुरा पढौ