
थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, १ फागुन/ पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपमा पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा प्रबेश गरेको छ ।
पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लबलाई ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले ४–० गोलअन्तरले हराएउदै फाइनल प्रबेश गरेको हो ।
ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे । खेलको २४ औं मिनेटमा कुभोनचेक ओलिमोभ, ६३ औ मिनेटमा सात्तोरोभ, ५८ औं मिनेट असिलबेकल र सइदजमोलले ८७ औ मिनेट गोल गरेका थिए ।
ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । पुलिस छ पटका विजेता हो भने ब्लयाक बुल्स पहिलो पटक सहभागी हो ।