
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै आरा रारा पोखरा गोल्डकप च्याम्पियन
पोखरा, ३ फागुन/ २४ औं आहा रारा पोखरा गोल्डकपको ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३–१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४० औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४ औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।
आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
११ औं फाईनल खेल खेलेको नेपाल पुलिस दोस्रो पटक विदेशी क्लबसँग पराजित भएको हो । चौथो संस्करणमा पनि नेपाल पुलिस क्लब अफ्रिकन युनाईटेडसँग पराजित भएको थियो ।
सहारा क्लबको आयोजना हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन तथा जयश्री फुड्स प्रालिको सह प्रायोजना रहेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेता बनेको नेपाल पुलिस क्लबले ६ लाख १ हजार नगद मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त ग¥यो ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
२०५८ः नेपाल पुलिस क्लब
२०५९ः नेपाल पुलिस क्लब
२०६०ः मनाङ मस्र्याङ्दी क्लब
२०६१ः मनाङ मस्र्याङ्दी क्लब
२०६२ः अफ्रिकन युनाइटेड
२०६३ थ्रीस्टार क्लब
२०६४ः नेपाल पुलिस क्लब
२०६५ः नेपाल पुलिस क्लब
२०६६ः नेपाल पुलिस क्लब
२०६७ः थ्रीस्टार क्लब
२०६८ः मनाङ मस्र्याङ्दी क्लब
२०६९ः थ्रीस्टार क्लब
२०७०ः सहारा क्लब
२०७१ः थ्रीस्टार क्लब
२०७२ः मनाङ मस्र्याङ्दी क्लब
२०७३ः मनाङ मस्र्याङ्दी क्लब
२०७४ः नेपाल पुलिस क्लब
२०७५ः थ्रीस्टार क्लब
२०७६ः मनाङ मस्र्याङ्दी क्लब
२०७७ः संकटा एफसी
२०७८ः एपीएफ एफसी
२०७९ः संकटा एफसी
२०८०ः त्रिभुवन आर्मी एफसी
२०८१ः ब्ल्याक बुल्स एफसी, उज्बेकिस्तान





