एनसेल टाइगर कप भलिबलमा दुई विदेशी सहित १२ टिमको सहभागीता

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०८१ मा प्रकाशित


एनसेल टाइगर कप भलिबलमा दुई विदेशी सहित १२ टिमको सहभागीता

एनसेल टाइगर कप भलिबलमा दुई विदेशी सहित १२ टिमको सहभागीता

पोखरा, ७ माघ/ टाइगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ दोस्रो साता हुने एनसेल टाइकर कप भलिबल प्रतियोगितामा दुई विदेशी सहित १२ टिमका सहभागीता रहने भएको छ । महिला तर्फ ६ र पुरुष ६ टिम गरि तर्फ १२ टिमले भाग लिने भाग लिने टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लबले भाग लिने छन् । त्यसै गरी हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ र भारतको सुनिल भलिबल क्लबले सहभागीता जनाउने छन् । त्यसै गरी महिलातर्फ तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् ।

त्यसै गरी टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र आयोजकको टिमले भाग लिने छन् । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ गते देखी १९ गते सम्म पोखरा रंगशालाको संचालन हुनेछ ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रोले १ लाख ८५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञावलीले जानकारी दिए । उनले दुई विदेशी टिम र नेपाली टिम पनि ३ जना सम्म विदेशी खेलाडी हुने बताए ।

त्यसै गरी सर्वोत्कृष्ट हुने खेलाडी (महिला/पुरुष दुवै) ले जनही २५ हजार ७ सय ७७ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार ५५ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । गत चौंथो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफले जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २५ लाख लाग्ने आयोजकको अनुमान छ ।