पोखरामा ड्रागन बोट रेस शुरु

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८१ मा प्रकाशित


पोखरामा ड्रागन बोट रेस शुरु

पोखरामा ड्रागन बोट रेस शुरु

पोखरा, १४ पुस/ पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ ।

गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मन्त्री तेजुलाल चौधरीले गर्नुभएको हो ।

प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, मित्र राष्ट्र चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र मित्र राष्ट्र सिङ्गापुरबाट प्रतिनिधित्व गर्ने १ समूह गरी कुल २० समूहहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा आइतबार २०० मि। र ५०० मिटर तर्फ पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगितामा सोमबार सेमिफाइनल र फाइनल चरणका खेलहरू हुनेछन् ।

प्रतियोगिताको विजेताले अमेरिकी डलर ५ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार २ सय डलर पुरस्कार पाउनेछन् । सहभागी अन्य टिमहरूलाई प्रोत्साहन स्वरूप ५ सय डलर प्रदान गरिनेछ ।



Tags: