खेलकुद

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा
पोखरा, २० मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् । पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले बिजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् । ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान… पुरा पढौ

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुदै, पोखरा एभेन्जर्स जनकपुर सगँ भिड्दै

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुदै, पोखार एभेन्जर्स जनकपुर सगँ भिड्दै
पोखरा, २० मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहिबार दुई हुदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स सगँ खेल्ने छ । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । पोखरा पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहाछ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । सुरुवाती दुवै खेलमा जित हासिल गरेको जनकपुर यस खेलमा पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ… पुरा पढौ

आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने

आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने
पोखरा, १९ मंसिर/ मंसिर २२ देखि २९ गते सम्म पोखराको लेखनाथमा हुने आदर्श कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आदर्श युवा क्लबको आयोजनामा २५ औं सस्करणको आदर्श कप हुन लागेको हो । ६ वर्ष पछि हुन लागको प्रतियोगिता यस अगाडी कोरोना पछि रोकिएको थियो । क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय… पुरा पढौ

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा
पोखरा, १९ मंसिर/ जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स/ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

कर्णाली र काठमाडौंको खेल शुरु

कर्णाली र काठमाडौंको खेल शुरु
पोखरा, १९ मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स विरूद्ध काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बुधबारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमाडौंले पनि पहिलो खेल गुमाएको थियो । काठमाडौंलाई चितवन राइनोजले पराजित गरेको थियो । खेल शुरु भएको छ । https://www.youtube.com/watch?v=gdv399jVvNU&ab_channel=ActionSportsHD पुरा पढौ

एनपिएलमा बुधबार दुई खेल हुदै

एनपिएलमा बुधबार दुई खेल हुदै
पोखरा, १८ मंसिर/ नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधबार पनि दुई खेल हुदैछ । पहिलो खेल ९ बजे कर्णाली याक र काठमाडौं गोर्खाज बिच हुनेछ । दुबै टोलीले एक एक खेल खेल्दै हार बेहोरेका छन् । काठमाडौं रनरेटका आधारमा चौथो स्थानमा छ भने कर्णाली पाँचौ स्थानमा छ । बुधबार नै हुने दोस्रो खेल दिऊसो १ बजे विराटनगर किंङ र लुम्बिनी लायन्स बिच हुनेछ । विराटनगरले दुई खेल खेलेको छ भने लुम्बिनीले पहिलो खेल खेल्दैछ । दुई खेल खेलेको विराटनगरले दुबैमा हार बेहोरेको… पुरा पढौ

पोखरा आइटिएफ जे ३० टेनिसः दोस्रो दिन पहिलो चरणका खेल जारी

पोखरा आइटिएफ जे ३० टेनिसः दोस्रो दिन पहिलो चरणका खेल जारी
पोखरा, १८ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स/ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्र्स÷ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित गर्दा,… पुरा पढौ

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता, विजेताले एक लाख पाउने

गण्डकी विश्वविद्यालय
पोखरा, १८ मंसिर/ गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता… पुरा पढौ

पोखरा २३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान

पोखरा २३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान
पोखरा, १६ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २३ पन्चासे भन्ज्याङमा निर्माण गरिएको हाई अल्टिच्युड खेलमैदानको उद्घाटन गरिएको छ । समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । पन्चासे भन्ज्याङमा बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ । पञ्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यापर्यटनको हबका रूपमा विकास गरिने नगर प्रमुख आचार्यले बताउनुभयो । पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार… पुरा पढौ

पोखरा आइटिएफ जे ३० प्रतियोगिता, १० देशका १०५ खेलाडी पहिलो सर्किटको प्रतिष्पर्धामा

पोखरा आइटिएफ जे ३० प्रतियोगिता, १० देशका १०५ खेलाडी पहिलो सर्किटको प्रतिष्पर्धामा
पोखरा, १६ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार)बाट आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले उक्त कुराको जानकारी दिएको हो । करिव दुई साता मंसिर १७ देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट भोली सोमबारबाट हुने र प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले जानकारी दिएका छन् । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै… पुरा पढौ