खेलकुद

६ बर्ष पछि फुटबलको लयमा फर्कदै आदर्श युवा क्लब

आदर्श कप फुटबल
पोखरा, १६ मंसिर/ कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ । प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्… पुरा पढौ

पोखरा १३ मा एन्ड्युरो रेसः साहसिक खेलले नयाँ आयाम ल्याउने मन्त्री थापाको भनाई

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धीले भाग लिँदै
पोखरा, १२ मंसिर/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा एन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे । “पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस,… पुरा पढौ

पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा

पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा
पोखरा, ११ मंसिर/ पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको छ । त्यसकै तयारीका लागि पोखराको मैदान उपयुक्त हुने वा नहुने बन्ने बारेमा हेर्न दुई जनाको टोली पोखरा आएको हो । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्दै मैदान तयारीका लागि आवश्यक पुर्वाधार निमार्णका लागि महानगर… पुरा पढौ

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई
पोखरा, ११ मंसिर/ बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार,… पुरा पढौ

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानीत

१७ औं हिसान कास्की स्पोर्टस् मीट, स्वस्थ शरीर बनाउ खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पोखरा, ११ मंसिर/ नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानीत भएकी छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा शुरु १७ औं हिसान स्पोर्ट्स मीटको अवसरमा सम्मानीत भएकी हुन् । उनलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नगद २५ हजार, सम्मानपत्र, र दोसल्लाले सम्मान गरे । हिसान स्पोर्ट मिटबाट राष्ट्रिय खेलाडी हुन सफल खेलाडीलाई यस वर्ष देखी नगद सहित प्रत्यक वर्ष एक जनालाई सम्मान गर्ने जनाएको छ । सम्मान पछि कप्तान शाहीले आफुलाई खेलमा लागि… पुरा पढौ

राष्ट्रिय माविमा आयोजित छात्र/छात्रा भलिवलको उपाधी गुरुकुल र करुणानीधिलाई

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई
पोखरा, १२ मंसिर/पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ । प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी संगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए… पुरा पढौ

राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु

राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु
पोखरा, ९ मंसिर/ पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको… पुरा पढौ

बाराही माविको ६७ औं वार्षिकोत्सवमा क्लस्टर स्तरीय फुटबल प्रतियोगिता, टाइसिट सार्वजनीक

बाराही माविको ६७ औं वार्षिकोत्सवमा क्लस्टर स्तरीय फुटबल प्रतियोगिता, टाइसिट सार्वजनीक
पोखरा, ७ मंसिर/ बाराही माध्यमिक विद्यालय पोखरा ५, मालेपाटन कास्कीले ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लस्टर स्तरीय यो प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले यसमा सहभागिता जनाउनेछन्। प्रतियोगिता मुख्यत विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए । विद्यालयका विद्यार्थीहरूको खेलकुदमा अभिरुचि बढाउन र भविष्यका फुटबल खेलाडीहरूको खोजी गर्न महत्त्वपूर्ण… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
पोखरा, ७ मंसिर/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्थ, सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै… पुरा पढौ

स्याङ्जामा ३ महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेसन १/१ लाख दिने

विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत
स्याङ्जा, ४ मंसिर/ शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित सम्मान गर्ने भएको छ । युएईमा भएको यू १९ टि २० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए। स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी,… पुरा पढौ