खेलकुद

नेपाल–बंगलादेशबीचको फाइनल पोखरामा पनि ठुलो स्क्रिनमा देखाइने

नेपाल–बंगलादेशबीचको फाइनल पोखरामा पनि ठुलो स्क्रिनमा देखाइने
पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल पोखराको पृथ्वीचोकमा रहेको ठुलो स्क्रिनमा देखाउने भएको छ । महानगरले परिचय एड्भर्टाइजिङ प्रालिले र एसके साउण्ड सिस्टमको सहकार्यमा देखाउन लागेको हो । साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्यसै गरी पोखरा ठुला स्क्रिन भएका रेष्टुरेण्टहरुमा पनि देखाएने भएको छ । पोखराका लेकसाइडमा रहेको प्यारडिसोमा पनि ठुलो स्क्रिनमा फुटबल देखाउने म्यानेजर हरि पौडेलले जानकारी दिए… पुरा पढौ

भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा
पोखरा, ११ कात्तिक/ भारतलाई हराउदै नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा झन्डै १३ मिनेट खेल रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको… पुरा पढौ

कास्की क्रिकेटः अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखरा फाइनलमा

अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश
पोखरा, ११ कात्तिक/ पोखरा क्रिकेट क्लबले अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै फाइनलमा यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब एक दिवसिय क्रिकेट च्याम्पियनसिपको आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङको भेट पक्का गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य… पुरा पढौ

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा
पोखरा, १० कात्तिक/ राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै… पुरा पढौ

पोखरामा क्लब स्तरीय क्रिकेटः समुह चरणका खेल सकिए

अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश
पोखरा, ९ कात्तिक/ पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह सि को विजेता बन्दै अरण्यज्योती क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपमा राइजिङ क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै अरण्यज्योती फाइनलमा प्रवेश गरेको हो । एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको अरण्यज्योतीले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । अरण्यज्योतीको जितमा प्रदिप पौडेलले अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ९१ बलमा ५… पुरा पढौ

अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश

अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश
पोखरा, ८ कात्तिक/ पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छे« क्रिकेट क्लबलाई एस सय २२ रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १५१ रनको उत्कृष्ट पारी खेले । ३२९ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ«े २७.४ ओभरमा ११० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छे«का… पुरा पढौ

२४ औं आहा रारा पोखरा गोल्ड कप माघमा

पोखरा रंगशाला
पोखरा, ८ कात्तिक/ २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । ‘आत्मा… पुरा पढौ

क्लब स्तरीय एक दिवसिय क्रिकेटः सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा

क्लब स्तरीय एक दिवसिय क्रिकेटः सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा
पोखरा ७ कात्तिक/ गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

अर्जुन कुमालको कप्तानीमा १४ सदस्य गण्डकी प्रदेशको टोली घोषणा

अर्जुन कुमालको कप्तानीमा १४ सदस्य गण्डकी प्रदेशको टोली घोषणा
पोखरा, ७ कात्तिक/ नेपाल क्रिकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा भएको छ । कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अन्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपालको प्रतिनिधित्व गरेका छन्। टोलिको छनौटका लागि गत असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई… पुरा पढौ

एक दिवसीय क्रिकेटः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

एक दिवसीय क्रिकेटः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो
पोखरा, ७ कार्तिक / पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय… पुरा पढौ