
आदर्श कप फुटबल
पोखरा, ४ मंसिर/ आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा मंसिर २२ गतेदेखि सञ्चालनको तयारीमा छ । २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ ।
तीन विभागीय टोली सहित तनहुँ, स्याङजा र कास्कीको टोली सहित ८ टिमले सहभागीता जनाउने छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिने छ ।
विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई नगद जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । अनुशासित टोलीलाई समेत ट्रफी प्रदान गरिने छ ।





