विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

-


     क्लिक गण्डकी     
     मंसिर १ गते २०८१ मा प्रकाशित


विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

पोखरा, १ मंसिर/ यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोलीका चार सदस्यलाई गण्डकी प्रदेश क्रिकेट संघले स्वागत गरेको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्यो ।

प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल लगाएतले टिमलाई स्वागत गरे । उनीहरुलाई ¥याली सहित पोखरा रंगशालामा ल्याएर स्वागत ग¥यो । नेपाली टिममा गण्डकी प्रदेशका सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनीले खेलेका थिए ।

खेलाडीको मिहिनेत र संघको सहयोगले यो उपलब्दी हासिल भएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउ छन् । उनले खेलाडीलाई नगद २०/२० हजार दिने बताए ।

नेपाली महिला टिमले सन २००७ देखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरू गरेको हो । त्यसयता नेपाली महिला टिम विश्व कपमा पुगेको यो पहिलो पटक हो । त्यसैले नेपाली महिला क्रिकेटकै यो अहिलेसम्मकै ठुलो सफलता हो । नेपाली महिला क्रिकेट टिमलाई पहिलो पटक विश्व कपमा पुर्याउन पाउँदा निकै गर्व लागेको खेलाडीहरु बताउ छन् ।

कोचिङ स्टाफ र सम्पुर्ण खेलाडीको मिहिनेत तथा क्यानको सहयोगमा यो सफलता संभव भएको उनीहरुको भनाई थियो । प्रतियोगिता अगाडी दिल्लीमा खेल्नु पनि ठुलो छनौटलाई सहज बताएको उनीहरुको भनाई थियो । घरेलु टोली युएईलाई हराउँदै ट्रफी जितेर विश्व कप र एसिया कपको लागि छनोट हुन पाउँदा निकै खुसि महशुश भएको उनीहरुको भनाई छ ।

छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली टोली पहिलो पटक महिला यु १९ विश्व कपमा स्थान बनाएको हो । विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ ।



Tags: