#क्रिकेट

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई
पोखरा, ७ पुस/ हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर… पुरा पढौ

महिला टी २० क्रिकेटको उपाधि स्याङजालाई 

महिला टी २० क्रिकेटको उपाधि स्याङजालाई 
पोखरा, २१ असार/ स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।  ५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्‍यो । स्याङजाका लागि सिमाना केसीले १७… पुरा पढौ

पोखरामा महिला टी २० क्रिकेटः कास्की र नवलपुरको जीत

पोखरामा महिला टी २० क्रिकेटः कास्की र नवलपुरको जीत
पोखरा, १८ असार/ गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो ।  पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्… पुरा पढौ

पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट लिग कप–२०८२ 

पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट लिग कप–२०८२ 
पोखरा, १८ असार / पोखरामा आजदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू),… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने
पोखरा, ५ असार/ गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल… पुरा पढौ

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको जित, अर्को एक खेलमा कास्की विजयी

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको शनसनीपूर्ण जित, अर्को एक खेलमा कास्की विजयी
पोखरा, ४ असार/ गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ । कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान… पुरा पढौ

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा
पोखरा–२ असार/ कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

अन्तर विद्यालय छात्र टि–२० क्रिकेट- प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा
पोखरा, २२ जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी
पोखरा, २० जेठ/ पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधी अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो । छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेटमाः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेटमाः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात
पोखरा, १९ जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेका हुन् । आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न… पुरा पढौ