खेलकुद

पोखरामा एक दिवसीय क्रिकेट सुरुः सांग्रिलाको जितमा वर्षा बाधक

पोखरामा एक दिवसीय क्रिकेट सुरुः सांग्रिलाको जितमा वर्षा बाधक
पोखरा १ कार्तिक / पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् । बुधबार परेको वर्षाका कारण मैदान भिजेको थियो । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको… पुरा पढौ

पोखरा ५ मा ब्याडमिन्टन प्रतियोगिता, ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङलाई उपाधी

ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ
पोखरा, १९ असोज/ पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगता शनिबार सकिएको छ । गत असोज १६ गतेबाट सुरु भएको प्रतियोगितामा ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ प्रथम भएका छन् । बि लेबलतर्फ केशव बराल र प्रमोद बराल प्रथम भएका छन् । ए लेबलमा विश्व अधिकारी र अर्जुन मरासिनी द्वितीय, बि लेबलतर्फ ओम गुरुङ र पवन पराजुली द्वितीय भए । बेस्ट प्लेयर प्रवेश गुरुङ र प्रमोद बराल तथा ज्येष्ठ खेलाडी इन्द्रप्रसाद गुरुङ पुरस्कृत भएका छन् ।… पुरा पढौ

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु
पोखरा, १९ असोज/ प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिश्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार एक कार्यक्रमबीच उक्त खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ । सापकोटाका अनुसार तीनदिनसम्म चल्ने प्रतिश्पर्धामा बास्केटबल,… पुरा पढौ

महिला भलिबलमा ललितपुरलाई गण्डकीले हरायो

भलिबल
पोखरा, १७ असोज/ एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थन्डर्सले पहिलो जीत दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२३, २५–१२ ले आफ्नो पक्षमा पारेको थियो ।चौथो सेटमा ललितपुरले २५ १३ को सहज जित निकालेपछि खेल लम्बियो । गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५–७ ले आफ्नो पक्षमा पार्दै पहिलो जीत दर्ता गर्यो । जीतसँगै चार खेलमा चार अंक… पुरा पढौ

‘एमेच्युअर फुटबल’मा बिहीबारदेखि क्वाटरफाइनलका खेल

फुटबल
पोखरा, १६ असोज/ पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् । कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो । तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे । चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
पोखरा, १२ असोज/ नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सिना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा दिनेश कुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओम… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित
पोखरा १२, असोज /पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो… पुरा पढौ

नयाँगाउँमा हुने ‘एमेच्युअर फुटबल’को तयारी तिब्र

नयाँगाउँमा हुने ‘एमेच्युअर फुटबल’को तयारी तिब्र
पोखरा, १२ असोज/ पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी भइरहेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनका अनुसार नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड,… पुरा पढौ

नेपाल क्रिकेट संघको साधारण सभा पोखरामा सुरु

नेपाल क्रिकेट संघको साधारण सभा पोखरामा सुरु
पोखरा, ११ असोज/ नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा पोखरामा सुरु भएको छ । साधारण सभाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे । थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताउदै नेपाललाई विदेशमा चिनाउने काम गरेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरकारले तीन वटा क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको योजना अन्तरगत निमार्णको कामलाई अगाडी बढाएको बताए । घिसिङले एनपीएलका लागि टीयुुको खेल मैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारीमा पनि रहेको बताए… पुरा पढौ

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक
पोखरा, १० असोज / ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश ९नेपाल, बेलायत र ब्राजिल० ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ… पुरा पढौ