खेलकुद

२४ औं आहा रारा पोखरा गोल्ड कप माघमा

पोखरा रंगशाला
पोखरा, ८ कात्तिक/ २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । ‘आत्मा… पुरा पढौ

क्लब स्तरीय एक दिवसिय क्रिकेटः सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा

क्लब स्तरीय एक दिवसिय क्रिकेटः सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा
पोखरा ७ कात्तिक/ गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

अर्जुन कुमालको कप्तानीमा १४ सदस्य गण्डकी प्रदेशको टोली घोषणा

अर्जुन कुमालको कप्तानीमा १४ सदस्य गण्डकी प्रदेशको टोली घोषणा
पोखरा, ७ कात्तिक/ नेपाल क्रिकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा भएको छ । कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अन्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपालको प्रतिनिधित्व गरेका छन्। टोलिको छनौटका लागि गत असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई… पुरा पढौ

एक दिवसीय क्रिकेटः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

एक दिवसीय क्रिकेटः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो
पोखरा, ७ कार्तिक / पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय… पुरा पढौ

पोखरामा एक दिवसीय क्रिकेट सुरुः सांग्रिलाको जितमा वर्षा बाधक

पोखरामा एक दिवसीय क्रिकेट सुरुः सांग्रिलाको जितमा वर्षा बाधक
पोखरा १ कार्तिक / पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् । बुधबार परेको वर्षाका कारण मैदान भिजेको थियो । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको… पुरा पढौ

पोखरा ५ मा ब्याडमिन्टन प्रतियोगिता, ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङलाई उपाधी

ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ
पोखरा, १९ असोज/ पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगता शनिबार सकिएको छ । गत असोज १६ गतेबाट सुरु भएको प्रतियोगितामा ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ प्रथम भएका छन् । बि लेबलतर्फ केशव बराल र प्रमोद बराल प्रथम भएका छन् । ए लेबलमा विश्व अधिकारी र अर्जुन मरासिनी द्वितीय, बि लेबलतर्फ ओम गुरुङ र पवन पराजुली द्वितीय भए । बेस्ट प्लेयर प्रवेश गुरुङ र प्रमोद बराल तथा ज्येष्ठ खेलाडी इन्द्रप्रसाद गुरुङ पुरस्कृत भएका छन् ।… पुरा पढौ

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु
पोखरा, १९ असोज/ प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिश्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार एक कार्यक्रमबीच उक्त खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ । सापकोटाका अनुसार तीनदिनसम्म चल्ने प्रतिश्पर्धामा बास्केटबल,… पुरा पढौ

महिला भलिबलमा ललितपुरलाई गण्डकीले हरायो

भलिबल
पोखरा, १७ असोज/ एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थन्डर्सले पहिलो जीत दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२३, २५–१२ ले आफ्नो पक्षमा पारेको थियो ।चौथो सेटमा ललितपुरले २५ १३ को सहज जित निकालेपछि खेल लम्बियो । गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५–७ ले आफ्नो पक्षमा पार्दै पहिलो जीत दर्ता गर्यो । जीतसँगै चार खेलमा चार अंक… पुरा पढौ

‘एमेच्युअर फुटबल’मा बिहीबारदेखि क्वाटरफाइनलका खेल

फुटबल
पोखरा, १६ असोज/ पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् । कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो । तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे । चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
पोखरा, १२ असोज/ नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सिना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा दिनेश कुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओम… पुरा पढौ