
नेपाल–बंगलादेशबीचको फाइनल पोखरामा पनि ठुलो स्क्रिनमा देखाइने
पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल पोखराको पृथ्वीचोकमा रहेको ठुलो स्क्रिनमा देखाउने भएको छ । महानगरले परिचय एड्भर्टाइजिङ प्रालिले र एसके साउण्ड सिस्टमको सहकार्यमा देखाउन लागेको हो ।
साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
त्यसै गरी पोखरा ठुला स्क्रिन भएका रेष्टुरेण्टहरुमा पनि देखाएने भएको छ । पोखराका लेकसाइडमा रहेको प्यारडिसोमा पनि ठुलो स्क्रिनमा फुटबल देखाउने म्यानेजर हरि पौडेलले जानकारी दिए ।