खेलकुद

गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जित्यो

गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जित्यो
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधि जिते संगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पार्न सफल भएको छ भने उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ । नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो होम ग्राउण्डमा पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक… पुरा पढौ

पोखरामा ओलम्पियनलाई सम्मान

पोखरामा ओलम्पियनलाई सम्मान
पोखरा, २१ जेठ/ पोखरामा नेपालका ओलम्पियनहरुलाई सम्मान गरिएको छ । नेपाल ओलम्पियस संघको आयोजनामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान समारोहको अवसरमा पोखरा महानगर र संघले ओलम्पियनहरुलाई सम्मान गरेको हो । सन् १९८४ अमेरीकाको लसएन्जल्समा भएको ओलम्पिक गेम्समा सहभागि भएका ८ जना नेपाली ओलम्पियनहरुलाई सम्मान गरिएको हो । ओलम्पिकमा सहभागि एथ्लेक्टिक्सका अमिदी यादव, अर्जुन पण्डित र पुष्पराज ओझा, भारतोलनका सुरेन्द्र हमाल, जगदिश प्रधान, वक्सिङका प्रविन तुलाधर, मानबहादुर श्रेष्ठ र दलबहादुर राना मगर सम्मानित भए । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान… पुरा पढौ

पोखरामा खेल पत्रकारिता तालिम सुरु

पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरा १७ जेठ/ पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ दिनमात्र भएकोले कतिपय कुराको बारेमा जानकारी लिनेक्रममानै रहेको उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी… पुरा पढौ

पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारलाई

पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारलाई
पोखरा, १४ जेठ/ पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका गोदारले बेष्ट अफ फाईभसम्म पुगेको थियो । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा संघको प्राविधिक सहयोग एवं व्यवस्थापनमा भएको प्रतिस्पर्धामा सुजन आचार्य र जीवन श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा रहे । विजेता गोदारले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता… पुरा पढौ

पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि

पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । विजेता वडा नम्बर १४ को टिमले एक लाख ५०… पुरा पढौ

काभा महिला भलिबल च्यालेन्जमा नेपाल उपबिजेतामा सिमिति

काभा महिला भलिबल च्यालेन्जमा नेपाल उपबिजेतामा सिमिति
पोखरा, १० जेठ/ नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ । आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो । समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।-१२, २६-२४, २०-२५ र २५-२१ ले पराजित भएको हो । अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ । अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २४-२६… पुरा पढौ

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

पोखरा महानगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता तस्वीरः योगेन्द्र श्रेष्ठ
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् । पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का सागर… पुरा पढौ

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर
पोखरा, १० जेठ/ फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने… पुरा पढौ

पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

पोखरा महानगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता तस्वीरः योगेन्द्र श्रेष्ठ
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार आठ वटा खेलबाट सेमिफाइनल पुग्ने चार वडाको टुंगो लागेको छ । पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४–१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३–२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई… पुरा पढौ

अरण्यज्योति कप टी–२० को उपाधी पेलिकेण्ट्स तनहुँलाई

अरण्यज्योति कप टी–२० को उपाधी पेलिकेण्ट्स तनहुँलाई
पोखरा, ८ जेठ/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधी पेलिक्याण्टस् क्रिकेट क्लब तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतीलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधी आफ्नों पोल्टामा पारेको हो । खेलमा पहिला व्याटिङ गरेको तनहुँले पुरा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पा¥यो । तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतीका बलरहरु… पुरा पढौ