खेलकुद

पोखरा म्याराथन १७ औ उपाधि केन्याली स्टेफनलाई, महिला हाफ म्याराथनमा प्रसाँईको ह्याट्रिक

पोखरा म्याराथन १७ औ उपाधि केन्याली स्टेफनलाई, महिला हाफ म्याराथनमा प्रसाँईको ह्याट्रिक
पोखरा, ७ फागुन/ सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । १६ औं सस्करणको सफल पोखरा म्याराथन जितेका उनले यस वर्ष पनि उपाधि रक्षा गरेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । उनले गतवर्ष राखेको समय भने तोड्न सकेनन् । गतवर्ष उनको समय २ घण्टा १९ मिनेटको थियो । दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकीले २ घण्टा २० मिनेट… पुरा पढौ

पोखरामा आर्चरी प्रतियोगिता सुरु, भेट्रान्स तर्फ म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम

पोखरामा आर्चरी प्रतियोगिता सुरु, भेट्रान्स तर्फ म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम
पोखरा, ६ फागुन/ गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता शुक्रबार देखि पोखरामा सुरु भएको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम भएका छन्। उनले ८ जना प्रतियोगिहरुलाई पछि पार्दै भेट्रान्स तर्फको उपाधि हात पारेका हुन्। त्यसै गरी प्रतियोगितामा कास्कीका हिरामान लालचन दोश्रो र म्याग्दीकै भिमेन्द्रमान पुन तेश्रो भएका छन् । उक्त प्रतियोगितामा भेट्रान्स तर्फ ८७ बर्षका मिन बहादुर शेरचन र ६९ बर्षका हरिध्वज तुलाचन समेत सहभागि भएको अध्यक्ष शेरचनले जनाए ।… पुरा पढौ

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक

हिसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक
पोखरा, ५ फागुन/ फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।… पुरा पढौ

जुनियर डेविस कप टेनिसमा भाग लिन नेपाली टोली श्रीलंका तर्फ

जुनियर डेविस कप टेनिसमा भाग लिन नेपाली टोली श्रीलंका तर्फ
पोखरा, ५ फागुन/ श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई सहित आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् । उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् ।… पुरा पढौ

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक
पोखरा, ४ फागुन/ भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा भाग लिन केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकहरुले नाम दर्ता गरेको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । फागुन ६ गते शनिबार हुदैछ । महिला तर्फको हाफ म्याराथनमा २० जना… पुरा पढौ

यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त

यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त
पोखरा, २ फागुन/ फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ । नेपालले फेब्रुअरी २४ बाट विश्वकपमा छनोटका लागि एशिया क्षेत्रबाट क्वाईफाईङ खेल्दै छ । करिब दुई हप्ताको पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण पछि टोली काठमाडौ फर्किने छ । टोलीलाई प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिइरहेका छन् । पोखरामा क्रिकेट पीच र आउट फिल्ड मात्रै राम्रो भएको र सबैको सहयोग पाएका कारण प्रशिक्षण राम्रो रहेको उनले बताए । पोखराबाट फर्किएपछि काठमाडौंमा केही… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ देखि

गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ देखि
पोखरा २, फागुन/ गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ फागुन ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन यही फागुन ६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सह— आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ९५ जना खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको कास्की जिल्ला आर्चरी… पुरा पढौ

बिटी कपमा गन्नी एफसी च्याम्पियन

बिटी कपमा गन्नी एफसी च्याम्पियन
पोखरा, १ फागुन/ बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्याे… पुरा पढौ

पोखरामा कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु

पोखरामा कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु
पोखरा, १ फागुन/ पोखरामा नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको हो । आइतबार छात्र तर्फ ७ र छात्रा तर्फ लिग चरणका ४ खेल सम्पन्न भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।छात्र तर्फको पहिलो खेलमा पोखरा एकेडेमीको ए समुहले राइजिङ स्टारलाई ३ का बिरुद्ध फराकिलो १२ गोलको अन्तरले पराजित गर्यो । अर्को खेलमा ज्ञान… पुरा पढौ

बिटी कपको उपाधिका लागि लामागाउँ र गन्नी एफसी भिड्ने

बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा
पोखरा, २९ माघ/ पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएको छ । बुद्धटोल युवा क्लबद्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल पोखरा १ पुरानो टुडिखेलमा भोली हुने दिउँसो १ बजे हुने खेल संयोजक विनोद गुरुङले जानकारी दिए । उनका अनुसार आज (आइतबार) भएको पहिलो समिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो ।… पुरा पढौ