खेलकुद

टप्स बोर्डिङलाई राष्ट्रपति रनिङ सिल्ड

टप्स बोर्डिङलाई राष्ट्रपति रनिङ सिल्ड
पोखरा, ९ फागुन/ राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । टप्सले कुल १३ पदक हासिल गरेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पा¥यो ।… पुरा पढौ

फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा

फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा
पोखरा, ९ फागुन/ फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बाग्लुङले कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–० गोल हराउदै फाइनलमा प्रबेश गरेको छ । फिचर बाइटरको जितमा यमबहादुर थापाले दुई गोल र बिवेक थापाले एक गोल गरे । दुई गोल गरेका यमबहादुर थापाले प्रतियोगिताको म्यानअफ दि म्याच भए । मंगलबार भएको दोस्रो सेमिफाइलन खेलमा कास्की मोडनाइजले सगरमाथा बि लाई ३–२… पुरा पढौ

पोखरामा बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरामा बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ
पोखरा, ९ फागुन/ सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको २३ औ सस्करण बुधबारदेखि पोखरा शुरु हुदैछ । सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा हुनेछ । प्रतियोगितामा ३१ व्यवासयीक र १४ एमेच्योर खेलाडीहरुले भाग लिने प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका महासचिब दिपक आर्चायले जानकारी दिए । प्रतियोगितमा पोखरा, धरान, काठमाडौं लगायत अन्य जिल्लाका व्यवसायिक गल्फरले तीन दिन सम्म प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९०, तेस्रो हुनेले ६७ हजार नगद पुरस्कार… पुरा पढौ

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ । एकल कातामा प्रिन्स प्रथम कराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । शिवशक्ति… पुरा पढौ

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात
पोखरा ८, फागुन/ अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लव बी थट्टीनलाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । संगमको जितमा निश्चल जि.सि.ले दुई गोलको योगदान दिए भने अमिर गुरुङले एक गोल गरे । बी थट्टीनका सरोज विकले एक गोल गरे । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो… पुरा पढौ

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी
पोखरा, ८ फागुन/ हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई/दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक/एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप सुरू

राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप सुरू
पोखरा, ८ फागुन/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताए । उनले प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म आफ्नो स्थान सुरक्षित बनाउने विश्वास व्यक्त गरे । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल सञ्चालन हुने छन् ।… पुरा पढौ

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु, जेसिएको विजयी शुरुवात

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु, जेसिएको विजयी शुरुवात
पोखरा, ७ फागुन/ पोखरामा शनिबार देखी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिब रमेश कुमार सिलुवालले उद्घाटन गरे । उद्घाटन खेलमा कास्की मोडनाइसले माउण्ट अन्नपुर्ण मावीलाई १०–२ गोल अन्तरले हरायो । फागुन १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले सहभागीता जनाएका छन् । शनिबार भएको दोस्रो खेलमा जुनियर सिटिजन एकेडेमीले सृजना स्कुललाई ४–३ गोलले हरायो । पहिलो दिनको तेस्रो खेल चिल्डेन लाइफ… पुरा पढौ

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता सोमबार देखि

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता सोमबार देखि
पोखरा, ७ फागुन/ पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा सोमबार (भोलि) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ । सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी थट्टीन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी सोमबार नै सितल ज्योति क्लव… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय आर्चरी प्रतियोगिताको उपाधि घर्तिमगर र आले मगरलाई

गण्डकी प्रदेश स्तरिय आर्चरी प्रतियोगिताको उपाधि घर्तिमगर र आले मगरलाई
पोखरा, ७ फागुन/ गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्ग बहादुर घर्तीमगर लाई पराजित गरी जित हासिल गरेका हुन् । कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले ६—४ को अंकमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तेश्रो भए । त्यसै गरी रिकर्ब खुल्ला महिला तर्फको… पुरा पढौ