खेलकुद

आयोजक गन्नी एफसीलाई फ्लो फ्लो कपको उपाधी

फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल
पोखरा २० फागुन/ प्रथम फ्लो फ्लो कपको उपाधी आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधी हात पारेको हो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक… पुरा पढौ

पोखराका विष्णु रुपन्देहीमा टेनिस प्रशिक्षक

पोखराका विष्णु रुपन्देहीमा टेनिस प्रशिक्षक
पोखरा, २० फागुन/ लामो समयदेखि पोखराको टेनिसमा क्रियाशिल खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् । पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् । सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानिय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिंदै आएका थिए । कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहका विच विदाई समेत ग¥यो… पुरा पढौ

तेश्रो शितल ज्योति कपमा आयोजक शितल ज्योतिको विजयी सुरुवात

तेश्रो शितल ज्योति कपमा आयोजक शितल ज्योतिको विजयी सुरुवात
पोखरा, २० फागुन/ तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक शितल ज्योति युवा क्लवले विजयी सुरुवात गरेको छ । पोखराको अम्मरसिंह खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजक शितल ज्योतिको जुनियर समुह बी टिम ले सागर फुटवल क्लवलाई टाईब्रेकरमा ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक/एक गोलले खेल बराबरीमा पुगे पछि खेल टाईब्रेकरमा धकेलिएको हो । शितल ज्योतिको जितमा टाईब्रेकरमा प्रतिक गुरुङ, गोपाल गुरुङ र प्रशान… पुरा पढौ

पाँचौं सृजना कप भलिबलको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई

पाँचौं सृजना कप भलिबलको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई
पोखरा, १९ फागुन/ पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८,… पुरा पढौ

फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल

फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल
पोखरा, १८ फागुन/ पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट तेश्रो चरणको खेल सुरु भएको छ । प्रतियोगिताको तेश्रो दिन बिहीबार ६ खेल सम्पन्न भएको क्लबका अध्यक्ष गणेश क्षेत्रीले बताए । तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको… पुरा पढौ

पाँचौं सृजना कप भलिबलः छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरुपा फाइनलमा

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण
पोखरा, १८ फागुन/ पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५–१७, २२–२५ र २५–१७ सेटमा पराजित गरेको हो । कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो । जसमा २५–८ र २५–८ सेट निस्केको थियो… पुरा पढौ

सृजना कप भलिबलमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण
पोखरा, १७ फागुन/ पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो । बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो । दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा… पुरा पढौ

पाँचौं सृजना कप भलिबलमा तालवाराही माविको विजयी शुरुवात

भलिबल
पोखरा, १६ फागुन/ पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप अन्तर्गत पहिलो दिन छात्र र छात्रातर्फ ८–८ खेल सम्पन्न भए । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्पm १५ टिमले भाग लिएका छन् । छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक गोपाल थापाले… पुरा पढौ

प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल

प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल
पोखरा, १६ फागुन/ पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटवल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुुंगेसांघुु फुटवल क्लबले सिङदी लाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुुंगेसांघुु का जय गुरुङले निर्णयक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३–० को सोझो सेटमा पराजित गर्दै… पुरा पढौ

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री
पोखरा, १६ फागुन/ पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप भलिबल सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने… पुरा पढौ