क्रिकेटमा नेपाललाई ऐतिहासिक जित, विश्व कप क्रिकेटको छनोटमा

-


     क्लिक गण्डकी     
     चैत्र २ गते २०७९ मा प्रकाशित


क्रिकेटमा नेपाललाई ऐतिहासिक जित, विश्व कप क्रिकेटको छनोटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक जित, विश्व कप क्रिकेटको छनोटमा

पोखरा, २ चैत/ विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायर खेल्न पाउने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ’डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भयो । नेपाल ९ रनले विजयी भयो ।

जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने भएको छ । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।

जितसँगै लिग टू मा नेपालको ४० अंक भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन ।



Tags: