थ्री नेसन्स कप खेल्ने राष्ट्रिय टोलीमा पोखराका तीन खेलाडी

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०७९ मा प्रकाशित


थ्री नेसन्स कप खेल्ने राष्ट्रिय टोलीमा पोखराका तीन खेलाडी

थ्री नेसन्स कप खेल्ने राष्ट्रिय टोलीमा पोखराका तीन खेलाडी

पोखरा, ७ चैत/ नेपालमा हुने थ्री नेसन्स कप खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा पोखराका तीन खेलाडी पर्न सफल भएका छन् । पोखराका रणदिप पौडेल, सुमित श्रेष्ठ (मेसि) र दिप कार्की परेका छन् ।

पौडेल र श्रेष्ठ पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् भने कार्की यस अगाडीबाट नै पर्दै आएका छन् । त्यसै गरी गण्डकी प्रदेशका बाग्लुङका कमल थापा पनि राष्ट्रिय टिममा परेका छन् । चारै जना मनाङ मस्याङदी क्लबबाट खेल्दै आएका छन् ।

बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध नेपालले पहिलो खेल खेल्दैछ । एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । क्लबहरुले राष्ट्रिय टोलीका लागि आफ्ना खेलाडी बोलाएको बताए पनि एन्फाले राष्ट्रिय टोलीको घोषणा गरिसकेको छैन ।

चैत्र ८ देखि १७ सम्म नेपाल, भुटान र लावस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता हुदैछ । प्रतियोगिताको प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई) ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राष्ट्रिय खेलकूद परिषद्ले उपलब्ध गराउनेछ ।

प्रशिक्षणमा रहेका २४ खेलाडी ः
गोलरक्षक (३) – किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल

डिफेन्डर (८) – रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, रणदिप पौडेल, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई

मिडफिल्डर (८) – मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ

फरवार्ड (५) – दीपक राज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट



Tags: ,