फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिं गुरुङको निधन

-


     क्लिक गण्डकी     
     चैत्र ८ गते २०७९ मा प्रकाशित


डम्बरसिं गुरुङ

डम्बरसिं गुरुङ

पोखरा, ८ चैत/ नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्वरसिं गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ४ निवासी गुरुङको उपचारको क्रममा ७२ वर्षको उमेरमा बुधबार मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

मुटुमा समस्या भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पाँच वर्ष यता उच्च रक्तचापबाट पिडित थिए । बेलायती सेनाबाट सेवानिर्वित गुरुङ बेलायती सेनामा कार्यरत रहँदा नै नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउण्डमा कुवेत विरुद्ध खेलेका थिए ।

१९७४ मा नेपाली राष्ट्रिय फुटबल टिममा समावेश भएका उनी सन १९८२ को एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लबमा आवद्ध थिए । उनी एएफसीको आधिकारिक प्रतियोगिता यू–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।

नेपाली राष्ट्रिय यूथ १७ फुटबल टिमको प्रशिक्षक समेत रहि सकेका स्वर्गिय गुरुङ बेलायती सेनाबाट सेवानिर्वित संगै सहारा एकेडेमीमा र एपिएफ क्लबको समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

उनको श्रीमती, एक छोरा र तिन छोरीहरु रहेका छन् । उनको अन्त्येष्टि शनिबार गर्ने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

फायल तस्विरः सुदर्शन रञ्जित



Tags: