खेलकुद

पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता

तेक्वान्दो
पोखरा, २२ जेठ/ नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले ५० देशका खेलाडीले सहभागीता जनाउने बताए । प्रतियोगितामा ५० देशका १ हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवार सहित २ हजार भन्दा बढी विदेशी खेलाडी पोखरा आउने बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी… पुरा पढौ

पोखरामा शुभकामना गोल्डकप असार ४ देखी

शुभकामना गोल्डकप
पोखरा, १४ जेठ/ कोरोना भाइरस र स्थानीय निर्वाचनका कारण रोकिएको छैटौं अन्तराष्ट्रिय शुभकामना कपको नयाँ मिति सार्वजानिक भएको छ । कोरोना महामारीले ३ वर्ष थलिएपछि स्थगित भएको प्रतियोगितालाई स्थानीय निर्वाचनले समेत प्रभाव पारेको थियो । पोखरा महानगरपालिका २५ स्थित हेम्जा युनाइटेड क्ल्बको आयोजनामा हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म निरन्त संचालन भएपनि छैटौं संस्करणमा आइपुग्दा भने स्थगित हुन पुगेको थियो । क्लबले प्रतियोगितालाई निरन्तरता दिदैँ आगामी असार ४ गतेदेखी प्रतियोगिता गर्ने भएको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने… पुरा पढौ

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित
पोखरा, १३ जेठ/ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो ।… पुरा पढौ

विश्वकै कठिन ट्राइयाथलन बैशाख २४ मा पोखरामा हुने, १७ देशका ३५ खेलाडी सहभागी

पोखरा, २० बैशाख/ विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । बैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धिले सहभागीता जनाउने हिमालयन एक्सट्राईका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिए । प्रतियोगिता पोखराको फेवतालमा ३ दशमलव ८ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुने छ । प्रतियोगिता फेवातालमा पौडीबाट शुरुवात हुनेछ । पौडी पछि लगतै प्रतियोगीहरुको साइक्लिङ दौड शुरु हुनेछ । खेलाडीहरु साइकलबाट पोखरा हुँदै… पुरा पढौ

एन्फा कास्कीको अध्यक्षमा रन्जित निर्वाचित

उज्वल रञ्जित
पोखरा, ७ बैशाख/ कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा १५ सदस्य समिति निर्वाचित गरेको हो । दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत र उनका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मत प्राप्त गरेका थिए भने एक भोट नो भोट (खाली) भएको थियो । त्यसै गरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन भएका… पुरा पढौ

संगम क्लवलाई नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि

पोखरा, ७ वैशाख/ पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो । संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

नाईन ए साईड भेट्रान फुटबल
पोखरा, ५ बैशाख/ युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भएको छ । मंगलबार फाईनल खेल हुने छ । सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ। संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो । संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता जारी

नाईन ए साईड फटुबल
पोखरा, ४ बैशाख/ युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आईतबार ४ खेल सम्पन्न भएका छन् । पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटम ा गोल गरेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा, ३ चैत/ नेपाल सरकारले जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु… पुरा पढौ