खेलकुद

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता
पोखरा, २ असार/ पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना, साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुनेछ । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडा लगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ ।… पुरा पढौ

पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट
एजेन्सी, ३१ जेठ/ पेरुलाई हराउदै एसियाली राष्ट्र अष्ट्रेलियाले कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए । टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन… पुरा पढौ

बाराही र अम्मरसिंह मावि अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा

बाराही र अम्मरसिंह मावि अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा
पोखरा, ३१ जेठ/ पोखराको अम्मरसिंह खेल मैदानमा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत अम्मरसिंह र बाराही मावि छात्रतर्फ फाइनलमा पुगेका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा अम्मरसिंह माविले भद्रकाली माविमाथि ५८ नको फकाकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिला व्याटिङ गरेको अमरसिंहले १०५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा अम्मरसिंहका अशेष न्यौपानेले ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । जितका लागि १ सय ६ रन पछ्याएको भद्रकाली… पुरा पढौ

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना
पोखरा २९ जेठ/ छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो । नेपाल पत्रकार महासं कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिए । भेलाले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सह–संयोजक तथा विभिन्न उपसमिति चयन गरेको छ । जसअनुसार मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल… पुरा पढौ

हेमजा गोल्डकपको छैटौं संस्करण असार ४ देखी

हेमजा गोल्डकपको छैटौं संस्करण असार ४ देखी
पोखरा, २६ जेठ/ पोखरा महानगरपालिका–२५ हेमजामा हुने छैटौं संस्करण असारको पहिलो साता हुने भएको छ । हेमजा युनाईटेड क्लबको आयोजनामा हुने प्रतियोगिता असार ४ गतेदेखि शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा ८ टिमले उपाधि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष इन्द्र कुबँरले जानकारी दिए । नेपाल आईसको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेमजा युनाईटेडले बीरगन्ज युनाईटेड खल्ने उनले जानकारी दिए । प्रतियोगितामा शशस्त्र प्रहरी बलको एप्ीएफ क्लब, खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड असार १८ गते

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी
पोखरा २६ जेठ/ छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम विश्व खेलकुद पत्रकार दिवसको सन्र्दभ पारेर असार १८ गते गर्ने निर्णय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अर्वाडको मिति घोषणा गरिएसँगै कार्यक्रमलाई भव्य बनाउन तयारी तिव्र पारिने महासचिव पौडेलको भनाई छ । अवार्ड कार्यक्रमलाई थप व्यवस्थित बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा… पुरा पढौ

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बाराही र नविन मावि विजयी

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बाराही र नविन मावि विजयी
पोखरा, २३ जेठ/ पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित ग¥यो । पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा… पुरा पढौ

पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता

तेक्वान्दो
पोखरा, २२ जेठ/ नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले ५० देशका खेलाडीले सहभागीता जनाउने बताए । प्रतियोगितामा ५० देशका १ हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवार सहित २ हजार भन्दा बढी विदेशी खेलाडी पोखरा आउने बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी… पुरा पढौ

पोखरामा शुभकामना गोल्डकप असार ४ देखी

शुभकामना गोल्डकप
पोखरा, १४ जेठ/ कोरोना भाइरस र स्थानीय निर्वाचनका कारण रोकिएको छैटौं अन्तराष्ट्रिय शुभकामना कपको नयाँ मिति सार्वजानिक भएको छ । कोरोना महामारीले ३ वर्ष थलिएपछि स्थगित भएको प्रतियोगितालाई स्थानीय निर्वाचनले समेत प्रभाव पारेको थियो । पोखरा महानगरपालिका २५ स्थित हेम्जा युनाइटेड क्ल्बको आयोजनामा हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म निरन्त संचालन भएपनि छैटौं संस्करणमा आइपुग्दा भने स्थगित हुन पुगेको थियो । क्लबले प्रतियोगितालाई निरन्तरता दिदैँ आगामी असार ४ गतेदेखी प्रतियोगिता गर्ने भएको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने… पुरा पढौ

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित
पोखरा, १३ जेठ/ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो ।… पुरा पढौ