खेलकुद

विश्वकै कठिन ट्राइयाथलन बैशाख २४ मा पोखरामा हुने, १७ देशका ३५ खेलाडी सहभागी

पोखरा, २० बैशाख/ विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । बैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धिले सहभागीता जनाउने हिमालयन एक्सट्राईका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिए । प्रतियोगिता पोखराको फेवतालमा ३ दशमलव ८ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुने छ । प्रतियोगिता फेवातालमा पौडीबाट शुरुवात हुनेछ । पौडी पछि लगतै प्रतियोगीहरुको साइक्लिङ दौड शुरु हुनेछ । खेलाडीहरु साइकलबाट पोखरा हुँदै… पुरा पढौ

एन्फा कास्कीको अध्यक्षमा रन्जित निर्वाचित

उज्वल रञ्जित
पोखरा, ७ बैशाख/ कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा १५ सदस्य समिति निर्वाचित गरेको हो । दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत र उनका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मत प्राप्त गरेका थिए भने एक भोट नो भोट (खाली) भएको थियो । त्यसै गरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन भएका… पुरा पढौ

संगम क्लवलाई नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि

पोखरा, ७ वैशाख/ पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो । संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

नाईन ए साईड भेट्रान फुटबल
पोखरा, ५ बैशाख/ युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भएको छ । मंगलबार फाईनल खेल हुने छ । सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ। संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो । संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता जारी

नाईन ए साईड फटुबल
पोखरा, ४ बैशाख/ युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आईतबार ४ खेल सम्पन्न भएका छन् । पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटम ा गोल गरेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा, ३ चैत/ नेपाल सरकारले जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु… पुरा पढौ

राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिताः हेटौडाका दुवै भेट्रान टिम पराजित

नाईन ए साईड फटुबल
पोखरा, ३ बैशाख/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरा रंगशालामा भएको नाईन ए र्साइड भेट्रान फुटबल प्रतियोगितामा शनिबार ६ खेल सम्पन्न भएको छ । पहिलो खेल संगम बीले वोलुङ ठमेल एफसीललाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो । नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए । अर्को गोल भने महेन्द्र गुरुङले ४८ मिनेटमा गरेका थिए । नरेन्द्रलाई प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा फ्रिडम फाईटरले हेटौडा भेट्रानलाई… पुरा पढौ

पोखरामा नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म

पोखरा रङ्गशाला
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गते देखी २८ गते सम्म हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए । यसअघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । खेलकुद महोत्सवको समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा… पुरा पढौ

भ्याली स्पोर्ट्स, हेम्जा युनाईटेड र शितल ज्योती कास्की लिगको सेमीफाईनलमा

पोखरा, ३० चैत/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगमा भ्याली स्पोर्ट्स क्बल, हेम्जा युनाइटेड क्लब र शितल ज्योती युवा क्लब सेमीफाईनलमा प्रवेश गरेको छ ।खेल संयोजक नर प्रसाद गुरुङका अनुसार रंगशालामा आज भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबले ड्यामसाईड क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । दोस्रो खेलमा हेम्जा युनाइटेड क्लबले सत्य युवा क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पाखा लगायो । यसैगरी अन्तिम खेलमा शितल ज्योती युवा… पुरा पढौ