खेलकुद

संगम क्लवलाई नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि

पोखरा, ७ वैशाख/ पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो । संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

नाईन ए साईड भेट्रान फुटबल
पोखरा, ५ बैशाख/ युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भएको छ । मंगलबार फाईनल खेल हुने छ । सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ। संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो । संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको… पुरा पढौ

नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता जारी

नाईन ए साईड फटुबल
पोखरा, ४ बैशाख/ युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आईतबार ४ खेल सम्पन्न भएका छन् । पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटम ा गोल गरेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा, ३ चैत/ नेपाल सरकारले जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु… पुरा पढौ

राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिताः हेटौडाका दुवै भेट्रान टिम पराजित

नाईन ए साईड फटुबल
पोखरा, ३ बैशाख/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरा रंगशालामा भएको नाईन ए र्साइड भेट्रान फुटबल प्रतियोगितामा शनिबार ६ खेल सम्पन्न भएको छ । पहिलो खेल संगम बीले वोलुङ ठमेल एफसीललाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो । नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए । अर्को गोल भने महेन्द्र गुरुङले ४८ मिनेटमा गरेका थिए । नरेन्द्रलाई प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा फ्रिडम फाईटरले हेटौडा भेट्रानलाई… पुरा पढौ

पोखरामा नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म

पोखरा रङ्गशाला
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गते देखी २८ गते सम्म हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए । यसअघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । खेलकुद महोत्सवको समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा… पुरा पढौ

भ्याली स्पोर्ट्स, हेम्जा युनाईटेड र शितल ज्योती कास्की लिगको सेमीफाईनलमा

पोखरा, ३० चैत/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगमा भ्याली स्पोर्ट्स क्बल, हेम्जा युनाइटेड क्लब र शितल ज्योती युवा क्लब सेमीफाईनलमा प्रवेश गरेको छ ।खेल संयोजक नर प्रसाद गुरुङका अनुसार रंगशालामा आज भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबले ड्यामसाईड क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । दोस्रो खेलमा हेम्जा युनाइटेड क्लबले सत्य युवा क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पाखा लगायो । यसैगरी अन्तिम खेलमा शितल ज्योती युवा… पुरा पढौ

बैशाख २ गतेदेखि पोखरामा ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता

पोखरा, २९ चैत/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पुरा गरिसकेको छ । ‘दैनिक एक घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर… पुरा पढौ

क्रिकेट सिरिजको उपाधि कास्की बीलाई

क्रिकेट सिरिजको उपाधि कास्की बीलाई
पोखरा, २७ चैत/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो । नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे ।… पुरा पढौ