पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

-


     क्लिक गण्डकी     
     जेठ ३१ गते २०७९ मा प्रकाशित


पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

एजेन्सी, ३१ जेठ/ पेरुलाई हराउदै एसियाली राष्ट्र अष्ट्रेलियाले कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए ।

टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए ।

अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१ औं टोली बनेको छ । अब कोस्टा रिका र न्युजिल्यान्ड मध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।