विश्वकै कठिन ट्राइयाथलन बैशाख २४ मा पोखरामा हुने, १७ देशका ३५ खेलाडी सहभागी

-


     क्लिक गण्डकी     
     वैशाख २० गते २०७९ मा प्रकाशित


ट्राइयाथलन

पोखरा, २० बैशाख/ विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । बैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धिले सहभागीता जनाउने हिमालयन एक्सट्राईका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिए ।

प्रतियोगिता पोखराको फेवतालमा ३ दशमलव ८ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुने छ । प्रतियोगिता फेवातालमा पौडीबाट शुरुवात हुनेछ । पौडी पछि लगतै प्रतियोगीहरुको साइक्लिङ दौड शुरु हुनेछ ।

खेलाडीहरु साइकलबाट पोखरा हुँदै बागलुङ कलिका मन्दिर हुँदै फर्किएर पुनः कास्की लुम्रे माछापुच्छ्रे पुग्नेछन् भने लुम्रेबाट दौड सुरु हुनेछ ।

कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुग्नेछन् । प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगिता सम्पन्न हुन करिब १४ घन्टा लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट सन्तोषी राई र सोनी गुरुङको सहभागिता हुने छन् । विश्वकै अति कठिन मानिएको ट्राइयाथलन प्रतियोगितामा सम्पन्न गर्नेल मेडल र टिशर्ट प्राप्त गर्ने छन् ।



Tags:

Krishna Pathak

This will close in 10 seconds