हेमजा गोल्डकपको छैटौं संस्करण असार ४ देखी

-


     क्लिक गण्डकी     
     जेठ २६ गते २०७९ मा प्रकाशित


हेमजा गोल्डकपको छैटौं संस्करण असार ४ देखी

हेमजा गोल्डकपको छैटौं संस्करण असार ४ देखी


पोखरा, २६ जेठ/ पोखरा महानगरपालिका–२५ हेमजामा हुने छैटौं संस्करण असारको पहिलो साता हुने भएको छ । हेमजा युनाईटेड क्लबको आयोजनामा हुने प्रतियोगिता असार ४ गतेदेखि शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा ८ टिमले उपाधि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष इन्द्र कुबँरले जानकारी दिए ।

नेपाल आईसको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेमजा युनाईटेडले बीरगन्ज युनाईटेड खल्ने उनले जानकारी दिए । प्रतियोगितामा शशस्त्र प्रहरी बलको एप्ीएफ क्लब, खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च ब्वाईज क्लब काठमाडौं, कालिका स्पोर्टस एकेडेमी र एभेनिर एफसी डाउला क्यामरुन क्लबको सहभागिता रहने उनले जानकारी दिए ।

उपाधि विजेताले ६ लाख नगद राशीको पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले नगद ३ लाख रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले नगद ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया पुरस्कार पाउनले क्लबका सचिब सुनिल गायकले जानकारी दिए । त्यस्तै पाँच विधाका उत्कृष्ठहरुलाई नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिन छ । म्यान अफ दि म्याचलाई नगद ५ हजार र फेयर प्ले पुरस्कारलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए । गोल्डकप पोखराको दोस्रो ठूलो राशीको फुटबल प्रतियोगिता समेत हो ।

क्लबले २०७१ सालदेखि क्लबस्तरीय शुभकामना कप आयोजना गर्दैै आएको थियो । पाँचौ संस्करणसम्म शुभकामना कपलाई निरन्तरता दिएपछि क्लबले छैटौं संस्करणलाई मुख्य प्रायोजकको साथ पाएर पुरस्कार राशी बृद्धि गरेको हो । असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ६१ लख ६८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६३ लाख ५० हजार अम्दानीको अनुमान गरिएको छ । बचत रकमबाट क्लबले एकेडेमी संचालन गर्ने लक्ष्य राखेको छ ।