खेलकुद

कास्की लिग सुरु, उपाधिका लागि २२ टिम भिड्दै

पोखरा, २१ चैत/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लब स्तरिय कास्की लिग फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । पोखरा महानगरपालिका २५ स्थित गौरीशंकर खेलमैदानका गण्डकी प्रदेशका खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको प्रमख आतिथ्यतामा लिग सुरु भएको हो । लिगको उख्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श क्लब र हेम्जा युनाईटेड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । दुवै टोलीले समान १/१ अंक बटुलेको छ । त्यसैगरी दोस्रो खेलमा ईन्द्रणी एकीकृतले फुलबारी युवा क्लबलाई ४–२ गोल अन्तरले… पुरा पढौ

दुवाथलनको उपाधी हिमाल र हिराकुलाई

पोखरा, २० चैत/ नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधी जित्न सफल भएका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २।५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४।२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०।६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुष तर्फ… पुरा पढौ

एशिया कप च्याम्पियन ट्रायथोलन जापानीज युचिदा र काजकिस्तानकी शाबालिनालाई

पोखरा, १९ चैत/ एशिया कपट्रायथोलनको उपाधि पुरुष तर्फ जापानीज र महिलाता काजकिस्तानका खेलाडीले जितेका छन् । शनिबार पोखरामा आयोजना भएको ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा जापानीज एथ्लेट जेन्ता युचिदाले जितेका छन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित बुझाए ।… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन
पोखरा, १८ चैत/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभातथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशकाकानून संचार तथाप्रदेश सभामामिला मन्त्रीविन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिलगर्न सकिने बताए । गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै कृयाकलापगर्न सकिने उनको भनाई थियो । कोभिड– १९… पुरा पढौ

पोखरामा चैत २३ देखी प्याराग्लाइडिङ प्रतियोगिता

पोखरा, १७ चैत/ पोखरामा चैत अन्तिम साता २० औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । चैत २३ देखी शुरु हुने प्रतियोगिता २५ गते सम्म सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा प्रतियोगिता हुने बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा उनले बताए । प्याराग्लाइडिङको… पुरा पढौ

राईजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जित

पोखरा, चैत १३/ ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार… पुरा पढौ

जुनियर टेनिसमा विश्व विशेषलाई दुई स्वर्ण

पोखरा, ११ चैत्र/ विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जितको छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण जितेका हुन् । यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गरे । पोखराका आर्यश राज पौडेलले तेश्रो तथा संघर्ष फोकदारले चौंथो स्थान हाँसिल गरे । ९ वर्ष मुनिको इभेण्टमा तेश्रो भएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा म्याराथन
पोखरा, ११ चैत/ ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत चैत्र १२ गते शनिबार हुने वाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने वाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला/पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला/पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष… पुरा पढौ

खेलाडी समाज परिवर्तनका संवाहक हुन ः मन्त्री थापा

पोखरा, १ चैत ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूणर् रहेको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गर्नुभयो ।‘देशको भविष्य अब युवाहरुको काँधमा छ’, उहाँले भन्नुभयो, ‘तपाईहरुको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । खेलाडी देश… पुरा पढौ

गोपी, राजन, धरम र हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

पोखरा, १३ फागुन/ गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् । निकै प्रतिस्प्रधात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाईमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छे ओपन राष्ट्रिय टेनिस प्रतियोगिमा गोपी विनोद कायस्थसंग सेमिफाइनलमा… पुरा पढौ