नाईन ए साईड फटुबल
पोखरा, ३ बैशाख/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरा रंगशालामा भएको नाईन ए र्साइड भेट्रान फुटबल प्रतियोगितामा शनिबार ६ खेल सम्पन्न भएको छ । पहिलो खेल संगम बीले वोलुङ ठमेल एफसीललाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो ।
नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए । अर्को गोल भने महेन्द्र गुरुङले ४८ मिनेटमा गरेका थिए । नरेन्द्रलाई प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा फ्रिडम फाईटरले हेटौडा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । फ्रिडमका लागि राजकुमार घिसिङले १६ र ५१ औं मिनेटमा गोल गरे ।
विक्रम श्रेष्ठले पनि ४१ औं मिनेटमा एक गोल हिर्काए । हेटौडाको नागसोती भेट्रानलाई जोरपाटी भेट्रान काठमाडौंले १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । रन्जित लामा र निमा लामाले जोरपाटीका लागि एक एक गोलको योगदान दिए । सुलभजंग राणाले एक गोल फर्काए ।
ठमेल एमफसीलाई चितवन भेट्रानले हरायो । चितवनका लागि भरत गुरुङ र सुरेन्द्र चौधरीले क्रमश ३४ र ४७ औं मिनेटमा गोल गरे । केशवकुमार कार्की प्लेयर अफ दि म्याच घोषित भए । सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–० गोलले पराजित गर्यो । सागर थापाले दुई र शुक्र तामाङले एक गोल । सागर प्लेयर अफ दि म्याच घोषित भए । भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मस्र्याङ्दी क्लबले वाकओभर प्राप्त गरेको छ ।