नाईन ए साईड फटुबल
पोखरा, ४ बैशाख/ युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आईतबार ४ खेल सम्पन्न भएका छन् ।
पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटम ा गोल गरेका थिए ।
चितवन भेट्रानले पोखराको संगम क्लब एलाई ३–०को नजिताले पराजित गरेको छ । विरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गरे । सुरेन्द्र चौधरीले २० औं मिनेटमा दोब्बर बनाए । भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरको जित सम्भव बनाए । खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
मनाङ मस्र्याङ्दी क्लबलाई पन्छाउँदै पोखराको संगमी बीले सेमिफाईनल सुरक्षित गर्यो । खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरेको थियो । उनी खेलमा प्लेयर अफ दि म्याच घोषित भए । अन्ति खेलमा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको पेनाल्टी बचाउ भएको थियो । नितिन गुरुङ, शुक्र तामाङ, यमु राना र जगत लामाको प्रहार गोलमा परिणत भएपछि सानो गौचरनले जित पक्का बनाएको थियो । फ्रिडम फाईटरका लागि राजकुमार घिसिङ, रमेश गुरुङ, विष्णु सुनारले पेनाल्टी सदुपयोग गरे ।
तर विक्रम श्रेष्ठ र मिलन राईको प्रहारले जाली चुम्न नसकेपछि फ्रिडम फाईटर बाहिरिन पुग्यो । निर्धारित समयमा सानो गौचरनका लागि तेजबहादुर गलामीले ३८ र ४१ औं मिनेटमा गोल गरे । फ्रिडमका लागि मिलन राईले पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई विक्रम श्रेष्ठले ३० औं मिनेटमा अर्को गोल थपे । सेमिफाईनलमा पोखराको संगम बीले बगर भाइखलकसँग प्रतिस्पर्धा गर्ने छ भने चितवन भेट्रानले सानो गौरचनसँग खेल्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए ।