खेलकुद

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?
पोखरा, १६ असार/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो ।… पुरा पढौ

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने
पोखरा १५ असार/ गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका तहाँ मिल्नेछ । सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसैगरी हाँस्यव्यङ्गतर्फ… पुरा पढौ

गणेश भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

गणेश भट्टराई
पोखरा, १४ असार/ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई अवार्ड प्रदान गरिने छ । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ

एम.ए.कस्ट्रक्सन जेभिद्धारा पोखरा स्पोटर्स अवार्डलाई १ लाख ५० हजार सहयोग

एम.ए.कस्ट्रक्सन जेभिद्धारा पोखरा स्पोटर्स अवार्डलाई १ लाख ५० हजार सहयोग
पोखरा, १३ असार/ छैटौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७८ लाई सफल पार्न एम.ए.कस्ट्रक्सन जेभिले एक लाख ५० हजार रुपैया सहयोग गर्ने भएको छ । उक्त कम्पनीका निर्देशक ई. दीपक बराल नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दीननाथ बराल बराल बिच आइतबार पोखरा रंगशालामा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्चले जनाएको छ । उक्त समारोहमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी र सचिव शसि पौडेलको समेत सहभागिता रहेको थियो । प्राप्त सहयोगले उक्त अवार्ड सम्पन्न गर्न थप टेवा पुग्ने मञ्चका अध्यक्ष… पुरा पढौ

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई
पोखरा, १३ असार/ नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई… पुरा पढौ

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा
पोखरा, ६ असार/ बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमती माथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे । सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने… पुरा पढौ

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित
पोखरा, ५ असार/ पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । खेलको सुरुवात देखि नै कालिकालाई निकै दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ… पुरा पढौ

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने
पोखरा, ५ असार/ छैटौं संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक सुझाब समेत दिएका छन् । अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारको बारेमा उनीहरुले जिज्ञाशा समेत राखे । उनीहरुको जिज्ञासालाई प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, मञ्चका कार्यबाहक अध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाएका… पुरा पढौ

छैटौं हेमजा शुभकामना गोल्डकप सुरु, विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

छैटौं हेमजा शुभकामना गोल्डकप सुरु, विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा
पोखरा, ४ असार/ हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै अर्को गोल कमल थापा मगरले गरे । विरगंजका लागि कृपा चौधरीले गोल गरे । सुरुवात देखीनै… पुरा पढौ

साइक्लिङ प्रतियोगिताको उपाधि पुरुष तर्फ हिमाल टमाटा र महिला तर्फ उषा खनाललाई

साइक्लिङ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् । उनले निधिरित ४५ किलोमिटरको दुरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेको एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसै गरी कास्कीका हिक्मत विक २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । महिला… पुरा पढौ