खेलकुद

क्लब र विद्यालयलाई फुटबल सहयोग

क्लब र विद्यालयलाई फुटबल सहयोग
पोखरा, १७ साउन / पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो । राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति… पुरा पढौ

पोखरामा नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’

फिस्टेल ड्रिम पार्क
पोखरा, १४ साउन/ पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा र घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा आएको हो । पोखरा महानगरपालिका १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पार्क शनिबार देखी सञ्चालनमा आएको हो । पार्क ६५ रोपनी जग्गामा निर्माण भएको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश छन् । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि रहेको… पुरा पढौ

२० औ संस्करणको आहारारा गोल्डकपमा करिब १३ लाख घाटा

२० औ संस्करणको आहारारा गोल्डकपमा करिब १३ लाख घाटा
पोखरा, १४ साउन/ २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले करिब लाख रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शकबिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो । शनिबार आयव्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए । यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्टे«लियाले १ लाख सहयोग गरेका थिए ।… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अक्षयकोष स्थापना गर्ने
पोखरा, ११ साउन/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् । अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष बरालले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पु¥याउने घोषणा गरेको महासचिव पौडेलल बताए । अक्षकोषको लागि प्रदान गरिएको चेक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने माग

नवौं राष्ट्रिय खेलकुद
पोखरा, १० साउन/ नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीले माग गरेका छन्। खेलस्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेश बासीले उक्त प्रतियोगिताका ३६ वटै खेलहरु गण्डकी प्रदेशकै हुनु पर्ने माग गरेका हुन् । सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेश भित्रै उपयुक्त स्थानको खोजि गर्न छलफलमा सहभागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवालाहरु एवं खेलकुदकर्मीहरुले उक्त राय व्यक्त गरेको खेलस्थल व्यबस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी
पोखरा, ९ साउन/ नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो । बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति… पुरा पढौ

पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी

पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी
पोखरा, ७ साउन/ पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट पाँच/पाँच करोड रुपैयाँसहितको सहकार्यमा १५ करोडको कोष मार्फत कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि शैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । हालै… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः सहारा एकेडेमी मैदान रग्बीको लागि निरिक्षण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरिक्षण तस्बिरः सुर्दशन रन्जित
पोखरा, ७ साउन /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप खेल व्यवस्थापन समितिले पोखरा भित्र निर्माणाधिन खेलकुद पूर्वाधारको अध्ययन थालेको छ । खेल व्यवस्थापन समितिले शनिबार पहिलो पूर्वाधारको रुपमा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी खेल मैदान अवलोकन ग¥यो । खेल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको टोली अवलोकन गरेको हो । ३९ वर्षपछि पोखरामा आयोजना हुने नवौं राष्ट्रिय… पुरा पढौ

मिडिया सेन्टर सञ्चालनको जिम्मा खेलकुद पत्रकार मञ्च गण्डकीलाई

मिडिया सेन्टर सञ्चालनको जिम्मा खेलकुद पत्रकार मञ्च गण्डकीलाई
पोखरा, ७ साउन/ पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो । मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् । मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता… पुरा पढौ

पोखरामा असोज पहिलो साता माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो

पोखरामा असोज पहिलो साता माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो
पोखरा, २६ असार/ पोखरामा असोज ६ देखि ९ गते सम्म आयोजना हुने तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ सफल बनाउन सहभागिहरुले प्रतिवद्धता जनाएका छन् । प्रतियोगिताको तयारी स्वरुप पोखरामा आइतबार सम्पन्न बैठकमा सहभागिहरुले उक्त प्रतिवद्धता ब्यक्त गरेका हुन् । बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्था मध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जिव रेग्मीले तेस्रो सस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप पोखरामा हुन गौरवको विषय रहेको बताए । उनले भने–“प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल… पुरा पढौ