खेलकुद

नवौं राष्ट्रिय खेलकुदः पोखरामा नै प्याराग्लाईडिङ प्रतियोगिता संचालन गर्न माग

नवौं राष्ट्रिय खेलकुदः पोखरामा नै प्याराग्लाईडिङ प्रतियोगिता संचालन नगर्न माग
पोखरा २४, साउन/ पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र उक्त प्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्ने चेतावनी दिएका हुन् । पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए । उनले… पुरा पढौ

युवा तथा खेलकुद मन्त्री गुरुङ द्वारा प्रदेश खेलकुदको भवनको उद्घाटन

युवा तथा खेलकुद
पोखरा, २४ साउन/ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । भवन प्रदेश सरकारले करिब ९६ लाखमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।… पुरा पढौ

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान
पोखरा, २३ साउन/ राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागत सहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्रले सम्मान गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुन्छ, निर्वाचनले मिति सर्दैनः घिसिङ्ग

नवौं राष्ट्रिय खेलकुद
पोखरा, २३ साउन/ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ्गले गण्डकी प्रदेशमा हुने नवौंं राष्ट्रिय खेलकुद निर्धारित मिति नै हुने बताएका छन् । पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङ्गले नवौं खेलकुदको मिति बारम्बार परिर्वनत भएपनि यसपटम तोकिएकै मितिमै हुने बताए । उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नवौं खेलकुद निर्धारित मितिमा नहुने शंका बढे पनि असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म कै मितिमा हुने बताए । उनले निर्वाचनले प्रतियोगितालाई र प्रतियोगिताले निर्वाचनलाई कुनै अप्ठेरो… पुरा पढौ

राष्ट्रिय खेलकुदको मिति सारः लोकतान्त्रिक खेलकुद

राष्ट्रिय खेलकुदको मिति सारः लोकतान्त्रिक खेलकुद
पोखरा, २० साउन/ नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ । विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सार्न माग गरेको हो । पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दसैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए । संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ । संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै… पुरा पढौ

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
पोखरा, १८ साउन/ पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको… पुरा पढौ

क्लब र विद्यालयलाई फुटबल सहयोग

क्लब र विद्यालयलाई फुटबल सहयोग
पोखरा, १७ साउन / पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो । राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति… पुरा पढौ

पोखरामा नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’

फिस्टेल ड्रिम पार्क
पोखरा, १४ साउन/ पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा र घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा आएको हो । पोखरा महानगरपालिका १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पार्क शनिबार देखी सञ्चालनमा आएको हो । पार्क ६५ रोपनी जग्गामा निर्माण भएको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश छन् । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि रहेको… पुरा पढौ

२० औ संस्करणको आहारारा गोल्डकपमा करिब १३ लाख घाटा

२० औ संस्करणको आहारारा गोल्डकपमा करिब १३ लाख घाटा
पोखरा, १४ साउन/ २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले करिब लाख रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शकबिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो । शनिबार आयव्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए । यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्टे«लियाले १ लाख सहयोग गरेका थिए ।… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अक्षयकोष स्थापना गर्ने
पोखरा, ११ साउन/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् । अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष बरालले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पु¥याउने घोषणा गरेको महासचिव पौडेलल बताए । अक्षकोषको लागि प्रदान गरिएको चेक… पुरा पढौ