खेलकुद

एनपिएल टी–२० क्रिकेट लिगका लागि पोखरा एभेन्जर्स तयार

टी–२० क्रिकेट
पोखरा, २९ भदौ/ नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई

नारायण शाही
पोखरा, २८ भदौ/ यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा… पुरा पढौ

पोखराः क्लबस्तरीय भलिबलको उपाधि एपिएफ र एसियन सुजलाई

पोखराः क्लबस्तरीय भलिबलको उपाधि एपिएफ र एसियन सुजलाई
पोखरा, २८ भदौ/ पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि… पुरा पढौ

क्लबस्तरीय भलिबलमा एपिएफ फाइनलमा, महिलातर्फ अर्चलबोट र एसियन सुज

क्लबस्तरीय भलिबलमा एपिएफ फाइनलमा, महिलातर्फ अर्चलबोट र एसियन सुज
पोखरा, २५ भदौ / सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । छन्त्याल समाजको खेल मैदानमा शनिबार भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार… पुरा पढौ

पोखरामा हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी

पोखरामा हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी
पोखरा, २५ भदौ/ पोखरामा दुई साता पछि आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा १ हजार ३ सय जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएका छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगी तर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरामा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी
पोखरा, २२ भदौ/ पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा क्लबस्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ ।आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका… पुरा पढौ

राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि काठमाण्डौंका लामालाई

राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि काठमाण्डौंका लामालाई
पोखरा, २२ भदौं/ पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाण्डौंका राजन लामाले जितेका छन्। मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाण्डौंकै मिलन तामाङलाई वेष्टअफ थट्टीनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्। प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसै गरी उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट
पोखरा, २१ भदौ/ प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङतर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले जानकारी दिए । यस्तै रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास,… पुरा पढौ

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिपमा गुरुङ च्याम्पियन (फोटो फिचर सहित)

गण्डकी प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप तस्बिरः सञ्जय शाक्य
पोखरा, २० भदौ/ कास्की जिल्ला पावरलिफ्टिङ संघले आयोजना गरेको प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतबार सम्पन्न भएको छ । पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धामा २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । गण्डकी प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप तस्बिरः सञ्जय शाक्य प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन

गण्डकी प्रदेश स्तरिय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन
पोखरा, १८ भदौ /प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँ संग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजा संग भेट पक्का गरेको थियो । फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३… पुरा पढौ