पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १३ देशका १४ सय खेलाडी प्रतिस्पर्धा गर्दै
पोखरा, ६ असोज/ पोखरामा बिहीबार देखी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सुरु भएको छ । तेक्वान्दो संघ गण्डकीको आयोजनामा बिहीबार देखी असोज ९ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता संचालन हुनेछ ।
जि–२ ¥याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ मा भाग लिन १३ देशका १४ सय २५ खेलाडी पोखरा पुगेका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्ररेलले उद्घाटन गरे ।
सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी विभिन्न तौल समूहमा प्रतियोगितामा खेलाडीहरुले सहभागीता जनाएको तेक्वान्दो संघ गण्डकी अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समिति सचिव जगन गुरुङले बताए ।
कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्ररेल, तेक्वान्दो महासंघको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेसन अध्यक्ष प्रोफेसर लिक्यू सिोओक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा लगाएतले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए । उद्घाटनसत्र विभिन्न तेक्वान्दोका विभिन्न प्रर्दशनी समेत भएका थिए ।