पोखराको सुनचाँदी पसलबाट चोरी गरेको आरोपमा बिदेशी महिला पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८३ मा प्रकाशित


पोखराको सुनचाँदी पसलबाट चोरी गरेको आरोपमा बिदेशी महिला पक्राउ

पोखराको सुनचाँदी पसलबाट चोरी गरेको आरोपमा बिदेशी महिला पक्राउ

पोखरा, ३ कात्तिक/ पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा प्रहरीले बिदेशी महिलालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित यसोदा ज्वेलर्सबाट कात्तिक २९ गते तिलहरी चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

पसलमा जडान गरिएको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले मंसिर १ गते पोखरा–४ गैह्रापाटनस्थित पन्थी गल्लीबाट ग्रिसकी ६६ वर्षीया काल्लिपी स्टेफानुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा रातो पोतेसहितको एक थान तिलहरी बरामद गरेको जनाएको छ। बरामद तिलहरी पसल सञ्चालकले समेत आफ्नो पसलबाट चोरी भएको सामान भनी सनाखत गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी महिलालाई चोरीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।