लेकसाइडको होटलबाट तामाका अम्खोरा चोरी, सीसीटीभीमा दुई जना कैद

-


     क्लिक गण्डकी     
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


चोरी

चोरी

पोखरा, २९ कात्तिक/ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित एक होटलबाट चारवटा ठूला तामाका अम्खोरा चोरी भएका छन्।

लेकसाइडको अक्टोबर इन होटल, स्ट्रिट नम्बर २१ ए बाट कात्तिक २७ गते राति चोरी भएको हो । राति ३ः१८ बजेको समयमा दुई जना व्यक्तिले चोरी गरेका हुन्।

होटलको बाहिरी ढोकामा र आँगनको छेउमा पानी राख्नका लागि राखिएका चारवटा ठूला तामाका अम्खोरा चोरेर लगेको होटलकी सञ्चालक भावना रानाभाटले जानकारी दिइन् ।

होटल सञ्चालकले चोरीमा संलग्न व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गर्र्दै सीसीटीभीको फुटेज फेसबुकमा राखेकी छन् ।



Tags: