खेलकुद

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट शुरु, मधेश प्रदेशको विजयी शुरुवात

महिला क्रिकेट
पोखरा, २३ असोज/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् । ओपनर सृजना पौडेलले ३६… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट आइतबार देखि

नवौं राष्ट्रिय खेलकुद
पोखरा, २२ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश आमने सामने हुनेछन् । अर्को खेल सुदुर पश्चिम र बागमती प्रदेश बिच हुनेछ । नौ टिमविच हुने प्रतियोगितामा सहभगी टिमलाई दुई समुहमा बिभाजन गरिएको छ । समुक क मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । त्यस्तै, समूह ख मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटको खेल तालिका सार्वजनिक

महिला क्रिकेट
पोखरा, १४ असोज/ असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालमा महिला क्रिकेट प्रतियोगिता असोज २३ गतेदेखी शुरु हुनेछ । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन असोज २८ गतेदेखि सुरु हुने भए महिला क्रिकेट भने २३ गतेदेखि सञ्चालन हुनेछ । महिला क्रिकेटमा २३ गते आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । कार्तिक एक गतेसम्म चल्ने छ । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु असोज ३१ गते र फाइनल… पुरा पढौ

मेजर डा. शुक्ललाई गल्फ उपाधि

मेजर डा. शुक्ललाई गल्फ उपाधि
पोखरा, ९ असोज/ नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो । युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येय सहित पोखराका पाका गल्फरहरु बीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा. अम्रिश शुक्लले जिते । २४… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १३ देशका १४ सय खेलाडी प्रतिस्पर्धा गर्दै

पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १३ देशका १४ सय खेलाडी प्रतिस्पर्धा गर्दै
पोखरा, ६ असोज/ पोखरामा बिहीबार देखी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सुरु भएको छ । तेक्वान्दो संघ गण्डकीको आयोजनामा बिहीबार देखी असोज ९ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता संचालन हुनेछ । जि–२ ¥याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ मा भाग लिन १३ देशका १४ सय २५ खेलाडी पोखरा पुगेका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्ररेलले उद्घाटन गरे । सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी… पुरा पढौ

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु
पोखरा ४, असोज/ पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका… पुरा पढौ

राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता

राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता
पोखरा, ३ असोज/ नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् । प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति… पुरा पढौ

पोखरा महानगरले खेलसम्बद्ध संस्थालाई खेल सामग्री प्रदान

पोखरा महानगरले खेलसम्बद्ध संस्थालाई खेल सामग्री प्रदान
पोखरा, ३१ भदौ/ पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो हो । बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक
पोखरा, ३० भदौ/ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गर्दै सार्वजनीक गरेको छ । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ७ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो । कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी, स्याङजा र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि… पुरा पढौ

एनपिएल टी–२० क्रिकेट लिगका लागि पोखरा एभेन्जर्स तयार

टी–२० क्रिकेट
पोखरा, २९ भदौ/ नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान… पुरा पढौ