फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज २४ गते २०७९ मा प्रकाशित


फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण

फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण

पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङको इपिको व्यक्तिगत तर्फ नेपाल आर्मीकी इन्दिरा पौडेले स्वर्ण जितेकी छन् । उनले आर्मीकै सिता पाठकलाई हराउदै स्वर्ण जितेकी हुन् । त्यसै गरी आर्मी कै पुजन कुमालले कास्य र शसस्त्र प्रहरीकी जानुका सान्ताङले कास्यमा चित्त बुझाए ।

त्यसै गरी फेन्सिङको फोयल व्यक्तिगत तर्फ सुदुर पश्चिमका जलेन्द्र बहादुर शाहीले स्वर्ण पदक हात पारेका छन् । उनले बागमतीका सन्जिब लामालाई फाइनल खेलमा हराउदै स्वर्ण जितेक हुन् ।

शाही आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । त्यसै गरी प्रथम गणेशमान स्मृती फेन्सिङ प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । नेपाल आर्मीका विरसिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदक प्राप्त गरे ।

फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण
फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण

प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।