नवौं राष्ट्रिय खेलकुदः पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज २६ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

पोखरा, २६ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ बिहीबार बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो ।

बागमतीका लागि यो फेन्सिङ तेस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुर पश्चिम र प्रदेश नं १ ले कास्य पदक प्राप्त गरेका छन् । प्रदेश १ को यो पहिलो पटक हो ।

फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश र्शिष स्थानमा उक्लेको छ । बागमतीले ३ स्वर्ण, एक रजत सहित ४ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले दुई स्वर्ण, ४ रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ ।

शसस्त्र प्रहरी १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक एक कास्य पदक प्राप्त गरेका छन् ।