पोखरा, २६ असोज/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा गण्डकी प्रदेशले दोस्रो खेल पनि हारेको छ । मगंलबार भएको खेलमा गण्डकी प्रदेश सुदुरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको हो ।
गण्डकीले दिएको ६० रनको लक्ष्य सुदुरपश्चिमले ४ विकेटको क्षतिमा ५८ बल अगावै भेट्टायो । रितु कनौजिया २२ रनमा रन आउट भईन् । सुदुरपश्चिमका स्नेहा महरा २१ र यशोदा विष्ट २ रनमा रटआउट भए ।
रुवी पोडार, अनु कठायत शुन्य र कप्तान बिन्दु रावल २ रनमा आउट भए । गण्डकी प्रदेशकी शिला क्षत्रीले दुई तथा सृष्टि जैसीले १ विकेट लिए । त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ५९ रनको योगफल तयार पारेको थियो ।
गण्डकी प्रदेशकी कप्तान सृष्टि जैसी २८ र शिला क्षत्री ६ रनमा नटआउट रहे । ज्योत्सिना मरासिनीले ७ तथा सिमाना केसीले ६ रन बनाए । अञ्जली विश्वकर्मा, बिन्दु मगरले समान १ रन जोडे । सुजिता थापाले एक रनपनि बनाउन सकिनन् ।
सुदुररपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कठायत, स्नेहा महरा र सावित्री धामीले समान १ विकेट लिए । जितसँगै समुह ए मा रहेको सुदुरपश्चिम प्रदेशले एक खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लेको छ । गण्डकी तालिकाको पुछारमा छ । विभागीय एपीएफ शीर्ष स्थानमा छ । समान २ अंक भएको मधेस प्रदेश तेस्रो र बागमती प्रदेश चौथो स्थानमा छ ।
मंगलबार नै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलले ६ विकेटको जित निकालेको छ । सशस्त्रलाई बागमती प्रदेशले ८९ रनको लक्ष्य दिएको थियो । टस हारेर व्याटिङमा उत्रिएको बागमती प्रदेश ७ विकेटको क्षतिमा ८९ रनको स्कोर खडा गरेको थियो ।