कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट 

-


     क्लिक गण्डकी     
     भाद्र १२ गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ

file photo

पोखरा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो ।

संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् ।

जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् ।

छनोट हुन सफल मेन्स क्रस कन्ट्रितर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् । सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

त्यसैगरी मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्टमा विष्णु गौतम बैकल्पिकका रुपमा रहेका छन् ।

यता महिलातर्फको क्रस कन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहेका छन् ।

छनोट भएका खेलाडीहरुले भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोटमा सहभागिता जनाउने जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जनाएका छन् । 



Tags: