खेलकुद

पोखरा रंगशालामा खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा रंगशाला
पोखरा, २६ असार/ पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आइतबार खेल चलिरहेका बेला आगलागी भएको छ । खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो । कभर्डहल भित्र सिक्स ए साइड महिला तथा पुरुष हक्कि खेल संचालन भईरहेको थियो । आगलागी पछि खेल स्थगति भएको छ । पोखरा महानगरपालिका बारुणयन्त्र ल्याएर आगलागी नियन्त्रणमा लिएको छ । कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
पोखरा, २४ असार/ बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु
पोखरा । पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्ररछात्रा रानङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१।२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६।४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६।०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक… पुरा पढौ

कास्की जिल्लास्तरिय रनिङ शिल्डको उपाधि माछापुच्छ्रेलाई

कास्की जिल्लास्तरिय रनिङ शिल्डको उपाधि माछापुच्छ्रेलाई
पोखरा / कास्की जिल्लास्तरिय रनिङ शिल्डको उपाधि माछापुच्छ्रे गाउँपालिकाले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित रनिङ शिल्ड जितेको हो । प्रतियोगितामा पोखरा महानगर पालिका १४ स्वर्ण र ११ रजत सहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्य सहित तेस्रो भएको छ । माछापुच्छ्रेले रनिङ शिल्ड सहित नगद १२ हजार, पोखरा महानगरले नगद ९ हजार र अन्नपूर्ण गाउँ पालिकाले ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा छात्र भलिबलतर्फ… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः प्रदिप र अरुणा सर्वोत्कृष्ट, भट्टराईलाई लाइफटाइम अचिभमेन्ट

पोखरा स्पोर्टस अवार्डः प्रदिप र अरुणा सर्वोत्कृष्ट, भट्टराईलाई लाइफटाइम अचिभमेन्ट
पोखरा, १९ असार/ पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा टेनिसका प्रदिप खड्का र भलिबलकी अरुणा शाहीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार अबेर भएको घोषणामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो । पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका प्रदीप खड्काले ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई पछि पार्दै उपाधि जिते । त्यसै गरी अरुणाले क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै उपाधि जितेकी थिइन् । उनको कप्तानीमा नेपालले… पुरा पढौ

शनिबार पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने
पोखरा, १७ असार/ शनिबार छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रममा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका भलिबल संघको अध्यक्षमा अमृत

अन्नपूर्ण गाउँपालिका भलिबल संघको अध्यक्षमा अमृत
कास्की, १६ असार/ अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् ।गत आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो । गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह¬–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए । यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र… पुरा पढौ

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?
पोखरा, १६ असार/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो ।… पुरा पढौ

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने
पोखरा १५ असार/ गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका तहाँ मिल्नेछ । सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसैगरी हाँस्यव्यङ्गतर्फ… पुरा पढौ

गणेश भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

गणेश भट्टराई
पोखरा, १४ असार/ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई अवार्ड प्रदान गरिने छ । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ