२० औ संस्करणको आहारारा गोल्डकपमा करिब १३ लाख घाटा
पोखरा, १४ साउन/ २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले करिब लाख रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शकबिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो ।
शनिबार आयव्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए ।
यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्टे«लियाले १ लाख सहयोग गरेका थिए । जसबाट नोक्सानीको केही क्षतिपूर्ति हुँदा घाटा रकम ३ लाखमा झरेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसरी पोखरा रंगशालामा गत वर्ष माघ ६ देखि १५ सम्म भएको प्रतियोगितामा कुल ६६ लाख ४१ हजार आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । १० टिमले भाग लिएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपिएफले जित्दा मनाङ मस्र्याङ्दी उपविजेतामा सीमित भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
फुटबलमार्फत सामाजिक कार्यमा क्रियाशील क्लबले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने क्लब अध्यक्ष हरिराम गुरुङले बताए । क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी अति विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय सुविधा सहित फुटबल सिकाउँदै आएको छ ।