पोखरामा नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०७९ मा प्रकाशित


फिस्टेल ड्रिम पार्क

फिस्टेल ड्रिम पार्क

पोखरा, १४ साउन/ पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा र घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा आएको हो । पोखरा महानगरपालिका १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पार्क शनिबार देखी सञ्चालनमा आएको हो ।

पार्क ६५ रोपनी जग्गामा निर्माण भएको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश छन् । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि रहेको उनले बताए ।

फिस्टेल ड्रिम पार्क

अत्याधुनिक प्रविधिसहित पोखरामा पानीजन्य तथा अन्य मनोरञ्जनात्मक खेल गतिविधिलाई समावेश गरेर पार्क सञ्चालनमा ल्याइएको हो । जहाँ २ दर्जन प्रकारका आकर्षक खेल गतिविधिहरु समावेश भएका छन् । कतिपय खेलहरु नेपालमै पहिलो पटक सुरुवात गरिएको अध्यक्ष कदम केसीले जानकारी दिए ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याएको उनको भनाई छ । विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पुर्ण रुपमा पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए ।

फिस्टेल ड्रिम पार्क



Tags: ,